धनकुटा । धनकुटाबाट २४ हजार मूल्य बराबरको ४० किलो सुर्ती बरामद भएको छ । आज बिहान साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकमा चेकजाँचका क्रममा बा ४ ख ८०१ नम्बरको हायस गाडीबाट सुर्ती बरामद भएको हो ।
धनकुटा प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर धुव्र नारायण श्रेष्ठले बिल नभएपछि सुर्ती बरामद गरिएको जानकारी दिए । उनका अनुसार गाडी चालक मोरङको लेटाङ नगरपालिका-९ घर भई इटहरी उपमहानगरपालिका-५ बस्ने ४८ वर्षीय मंगल बहादुर लिम्बुलाई नियन्त्रणमा लिइएको छ ।
बरामद सुर्तीसहित गाडी र चालकलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको छ ।