
धनकुटा । धनकुटा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सामग्री वितरण गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखाद्वारा नगरपालिकामा आज आयोजित कार्यक्रममा सामग्री वितरण गरिएको हो ।
नगरपालिका भित्रका १० वटै वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकताका आधारमा पाङ्ग्रासहितको कमोड कुर्सी १४ थान, लौरो १६ थान र पाँच जोडी बैशाखी वितरण गरिएको छ ।
नगरपालिकाका उप-मेयर भिमादेवी खनाल र प्रमुख प्रशासकीय अधिकृत दशरथ राईलगायतले सामग्री वितरण गरेका थिए ।



संगालोखबर 













