विराटनगर । विपद् उद्धार अभ्यासका क्रममा सप्तकोसी नदीमा बेपत्ता सशस्त्र प्रहरी बलका दुई गोताखोर मध्ये एक जनाको शव फेला परेको छ । आज बिहान खोजी गर्ने क्रममा हरदेव राजवंशीको शव फेला परेको हो ।
बेपत्ता सुरज साउदको खोजी भइरहेको प्रहरीले जनाएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा बिहीबार मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरीको ५६ जनाको टोली विपद उद्धार अभ्यासका लागि कोसी नदीमा खटिएको थियो । बेपत्ता साउदको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।