संगालोखबर


विराटनगर । मोरङको कटहरी गाउँपालिका-३ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गएराति करिब १२ः३० बजे को १ ख ४५१८ नम्बरको ट्रकबाट तीन हजार एक सय ५० किलो गाँजा बरामद गरेको हो ।

बन्दाकोपी लोड भएको ट्रक खानतलासी गर्दा उक्त परिमाणमा गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

Advertisement

‘बन्दाकोपीले छोपेको अवस्थामा एक सय पाँच बोरा गाँजा फेला परेको हो’, डीएसपी चुडालले संगालोखबरसँग भनिन्, ‘सबै बोराको तौल गर्दा तीन हजार एक सय ५० किलो गाँजा रहेछ ।’

सवारी चेकजाँचमा खटिएको प्रहरी टोलीले ट्रक रोक्नासाथ चालक फरार भएका थिए । गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । ट्रक चालकको खोजी भइरहेको डीएसपी चुडालले जानकारी दिइन् ।

केही समय अघि मात्रै मोरङको धनपालथान गाउँपालिका-१ गदिया खोलानजिकैको उखुबारीबाट आठ सय दुई किलो गाँजा बरामद भएको थियो ।

उक्त गाँजा कसले कहाँबाट ल्याएको र कहाँ लैजानका लागि त्यहाँ राखेको थियो भन्ने विषयमा अझै केही खुलेको छैन । यद्यपि अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!