संगालोखबर


विराटनगर । साउन १ गतेबाट लागुहुनेगरि आठ प्रकारका बिमारीले दुई लाखको उपचार सुविधा पाउने भएका छन् । क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्ने भएका हुन् ।

स्वास्थ्य बीमा सुधारको अर्को महत्त्वपूर्ण पाइला अन्तरगत यो सुविधा उपलब्ध गराउन लागिएको स्वास्थ्य मन्त्री प्रदिप पौडेललेको भनाइ छ ।

Advertisement

‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ यसको सुरुवात गरिएको हो’, मन्त्री पौडेलले भनेका छन्’, ‘साउन १ गतेबाट  ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं ।’

‘स्वास्थ्य बीमालाई थप परिष्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौं’, उनले भनेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!