उत्पादन र परिणाममुखी नीति बनाउन कोशी सरकारलाई माओवादीको सुझाव
विराटनगर । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले उत्पादन र परिणाममुखी बजेट आउने गरी नीति बनाउन प्रदेश सरकारलाई सुझाव दिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर माओवादीले उद्यमशीलताको विकास, स्टार्टअप र आईटी क्षेत्रलाई विशेष प्राथमिकता दिन सुझाव दिएको हो । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार भेटमा मुख्यमन्त्री कार्कीले सबैको अपनत्व हुनेगरि अगाडि बढ्ने बता...



























