
विराटनगर । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का पक्राउ परेका छन् । ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आज झापाको दमकबाट पक्राउ गरेको हो ।
पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीपछि आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।
खड्कालाई दमक नगरपालिका-१ स्थित एक खाजा घरबाट सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

संगालोखबर 



















