
विराटनगर । विराटनगरमा तीन हजार किलो गाँजा जलाएर नष्ट गरिएको छ । तीन वर्षको अवधिमा विराटनगरका विभिन्न स्थानबाट बरामद गरिएको गाँजा शनिबार जलाएर नष्ट गरिएको हो ।
आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म बरामद भएको गाँजा एकै स्थानमा संकलन गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विभिन्न समयमा लागूऔषध कारोबार नियन्त्रणका क्रममा बरामद गरिएको गाँजा मुद्दा प्रक्रियाका कारण लामो समयसम्म गोदाममा राखिएको थियो ।
अदालतको आदेश र आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि विराटनगर महानगरपालिका-१६ स्थित दरैयामा आगो लगाएर गाँजा नष्ट गरिएको हो ।

संगालोखबर 













