संगालोखबर


विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा कोशी प्रदेशबाट उम्मेदवारी दिने नेताहरूको संख्या धेरै छ । मोरङका नेता गुरु बराल अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनेका छन् ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यले पनि उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । ओली प्यानलबाट केन्द्रीय सदस्यको सूचीमा परेका आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

Advertisement

यस्तै ईश्वर पोखरेल पक्षबाट योगेश भट्टराईले उपमहासचिवमा उम्मेदवारी दिएका छन् । नेता राजेन्द्र गौतमले स्वतन्त्र रूपमा उपमहासचिवको उम्मेदवारी दिएका थिए । तर पार्टीका नेता, कार्यकर्ताको सुझावलाई ध्यानमा राखेर उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ । खुला केन्द्रीय सदस्यमा भने उनको उम्मेदवारी कायम रहेको छ ।

एमाले मोरङका नेता विनोद ढकाल पोखरेल पक्षबाट सचिव पदका उम्मेदवार छन् । नेता लालबाबु पण्डितले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । ओली पक्षमा नअटाइएका अग्नि खरेलले पनि सचिवमै उम्मेदवारी दिएका छन् ।

कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई, हालका मुख्यमन्त्री हिक्मत कार्की र पूर्व मन्त्री भानुभक्त ढकाल पनि ओली पक्षबाट सचिवको उम्मेदवार बनेका छन् ।

यस्तै मोरङबाट रंगेलीका मेयर दिलिप बगडिया, विराटनगर उपमहानगरकी उपमेयर शिल्पा निराला कार्की, जीवन घिमिरे, खेम नेपाली र महेश भट्टराईले उम्मेदवारी दिएका छन् ।

ऋषिकेश पोखरेल, रामलाल साह, युवराज बाँस्कोटा, मनोज अग्रवाल, शान्ति लिम्बू, सत्यनारायण चौधरी, सरस्वती खरेल, यशोदा अधिकारी, पर्शुराम बस्नेत पनि केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!