
धनकुटा । धनकुटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ३३ वर्षीय शिवकुमार विशंखे छन् ।
उनलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो । उनलाई सहिदभूमि-१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।
विशंखेलाई जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्दामा दुई वर्ष ८ महिना कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ । प्रहरीका अनुसार २०६९ साल पुष ४ गते अदालतले दोषी ठहर गर्दै उनलाई सजाय तोकेको थियो ।

संगालोखबर 













