संगालोखबर
फाइल तस्बिर

विराटनगर । विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहबाट भागेका एक बाल बिज्याइँकर्ता पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका-६ का १९ वर्षीय उनलाई आज बिहानको राति करिब १ः१५ बजे प्रहरीले पक्राउ गरेको हो ।

उनलाई विराटनगर महानगरपालिका-४ स्थित कञ्चनबारी नजिकबाट पक्राउ गरिएको मोरङका निमित्त प्रहरी प्रमुख डीएसपी कोपिला चुडालले संगालोखबरलाई जानकारी दिइन् ।

Advertisement

कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा पठाइएका उनी गत कात्तिक २० गते दिउँसो ४ः२० बजेतिर सुधारगृहबाट भागेका थिए । उनीसहित सात जना बाल बिझ्याइँकर्ता फरार भएकामा अब चार जना पक्राउ पर्न बाँकी छन् ।

यसअघि अन्य दुई जना पक्राउ परिसकेका थिए । फरार हुनेहरू १८ वर्षमाथिका रहेका जनाइएको छ । उनीहरूको खोजी भइरहेको डीएसपी चुडालले जानकारी दिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!