संगालोखबर


विराटनगर । विराटनगरमा लागूपदार्थ सेवन (लापसे) गरेर सवारीसाधन चलाउने १० जना चालक पक्राउ परेका छन् । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले मंगलबार अपरान्ह ४ देखि ५ बजेसम्म विराटनगर-१६ स्थित हुलास चोकमा विशेष चेकजाँच गरेको थियो ।

Advertisement

सोही क्रममा ९ जना सफारी चालक र १ जना मोटरसाइकल चालकमा लापसे रिपोर्ट पोजेटिभ देखिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।

पक्राउ पर्नेमा विराटनगर-१८ का २१ वर्षीय सुभाष यादव, विराटनगर-१४ का २४ वर्षीय दिलावर अन्सारी, कटहरी गाउँपालिका-४ का २७ वर्षीय उमेशकुमार ऋषिदेव, विराटनगर-१२ का २२ वर्षीय मोहम्मद हुसेन, विराटनगर-१५ का ३१ वर्षीय विशाल साह र विराटनगर-४ का २२ वर्षीय अभिषेक यादव छन् ।

त्यस्तै विराटनगर-१३ का २८ वर्षीय सुरज मण्डल, विराटनगर-९ का ४२ वर्षीय रजक मियाँ, विराटनगर–६ का २४ वर्षीय शिवम् साह र विराटनगर-८ का २३ वर्षीय आयुष घिमिरे पक्राउ परेको हुन् । प्रहरीका अनुसार सुभास यादव मोटरसाइकल चालक हुन भने अन्य सबै सफारी चालक हुन् ।

लागूऔषध सेवन गरेको पुष्टि भएपछि चालकहरूलाई सफारीसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!