सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्थाले २२ औं साधारणसभा सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

गत आर्थिक वर्षमा १० करोड ८९ लाख ३४ हजार दई सय ४७ रुपैयाँ पुँजी रहेकोमा सहकारीले चालु आर्थिक वर्षमा १७ करोड पुर्याएको छ । सहकारीमा पाँच सय ८४ महिला र छ सय ६६ पुरुष गरी जम्मा एक हजार तीन सय आठ जना सेयर सदस्य छन् ।

Advertisement

सहकारीले छथर जोरपाटीसँगै महालक्ष्मी नगरपालिका-१, ७, ८ र ९ तथा छिमेकी जिल्ला तेह्रथुमको छथर गाउँपालिका-१ र २ नम्बरका कृषकहरूलाई समेटेको छ ।

सहकारीले कृषि, व्यापार, पशुपालन, नवीकरण कर्जा र सेवा कर्जा वितरण गर्दै आएको संचालक समिति अध्यक्ष मेघेन्द्र गुरुङले जानकारी दिए । यस्तै सहकारीले कृषि तथा पशुपालन व्यवसाय गर्ने किसानहरूलाई कर्जा सुविधामा विषेश ध्यान दिने गरेको उनले बताए ।

सहकारीको यो वर्ष खुद नाफा ४४ लाख बढी कमाउन सकिने अवस्था रहेको जनाएको छ । सहकारीले अधिकतम ऋण १५ लाखसम्म ६ प्रतिशतका दरले वितरण गर्दै आएको सचिव डिकबहादुर खड्काले जानकारी दिए ।

सहकारीले साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारीका रूपमा कार्यालय सहयोगी उमादेवी लुइँटेललाई सम्मान गरेको छ । यस्तै उत्कृष्ट ऋणी र बचतकर्तालाई पनि सम्मान गरिएको थियो ।

सोही अवसरमा कक्षा १२ उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई नगदसहित सम्मान गरिएको छ । यस्तै सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययनरत छ जना गरिब तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!