सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ स्थित जितपुरमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन एक हजार बढीले स्वास्थ्य सेवा लिएका छन् । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

स्वास्थ्य शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, स्किन (छाला) रोग, आँखा, जनरल मेडिसिन, श्वासप्रश्वास रोग, इन्टरनल मेडिसिन, मानसिक स्वास्थ्य र बालरोग सेवा प्रदान गरिएको छ ।

Advertisement

यस्तै नाक, कान, घाँटी, फार्मेसी, भिडियो एक्स-रे, प्रयोगशाला, इ.सी.जी (मुटु जाँच), फोक्सो जाँच र दाँत रोग सम्बन्धी सेवा दिइएको आर्खौले जितपुर सेवा समाज धनकुटाका संस्थापक अध्यक्ष खगेन्द्र नेपालले जानकारी दिए । शिविर भोलिसम्म सञ्चालन हुनेछ ।

शिविरको उद्‌घाटन कार्यक्रममा बोल्दै संविधान सभा सदस्य तथा नेपाल सरकारका पूर्व सचिव उदय नेपाली श्रेष्ठले आफ्नो ठाउँमा केही गरौँ भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । निःशुल्क स्वास्थ्य  सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको नगरप्रमुख ध्रुवराज रायले बताए ।

यसले आर्थिक अवस्था कमजोर हुनेहरूलाई विशेष टेवा पुग्ने उनको भनाइ छ । शिविर संचालन गरिएको स्थानसम्म पुग्न निःशुल्क यातायातको सुविधा उपलब्ध गराइएको नगरप्रमुख रायले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!