
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । दिउँसो २ बजेबाट मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म मतदान भएको छैन ।
विद्युतीय मेसिनमा उम्मेदवारहरूको नामावली ढिला गरी प्राप्त भएकाले इन्ट्री गराउन समय लागेपछि मतदानमा ढिलाइ भएको जनाइएको छ । मेसिनमा उम्मेदवारहरूको फोटो र नाम सँगसँगै इन्ट्री गर्नुपर्ने भएकाले समय लागेको हो । अब छिटो गरी सुरु गर्दा पनि साँझ ८ बजे मात्रै मतदान सुरु हुने जनाइएको छ ।
मतदानपछि गणना गर्न करिब ४ घन्टा लाग्ने छ । एक जनाले मतदान गर्न कम्तिमा ३५ मिनेट लाग्ने जनाइएको छ । १९ पदाधिकारीका लागि ४१ र ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढीले उम्मेदवारी दिएका छन् ।

संगालोखबर 













