
विराटनगर । सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३७ अङ्कले बढेर २ हजार ६ सय १९ दशमलव ९९ विन्दुमा पुगेको छ ।
आज विकास बैंकको १ दशमलव ५६ प्रतिशत, होटल तथा पर्यटन समूहको १ दशमलव ४९, अन्य समूहको १ दशमलव १५ प्रतिशतले बढेको छ । यस्तै स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक, एसवाई प्यानल नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन श्वेत-गङ्ग हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनीको सेयर सबैभन्दा धेरै ४ दशमलव १६ प्रतिशतले घटेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।
हिजो ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका ७८ लाख ४ हजार कित्ता सेयर ३ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको छ ।

संगालोखबर 













