
विराटनगर । विराटनगर महानगरपालिका-१ पोखरियास्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रुद्रप्रसाद दुलाल सर्वसम्मत चयन भएका छन् । २८ औं वार्षिक साधारण सभामा दुलाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा विमला बस्नेत थापा, सचिवमा बाबुकाजी थापा र कोषाध्यक्षमा लीलाराम बास्तोला चयन भएका छन् । सदस्यहरूमा कृष्णराज चौधरी, बन्दीका भट्टराई दाहाल, तुलसा न्यौपाने काफ्ले, ख्यामप्रसाद रिजाल र मेशकुमार प्याकुरेल चयन भएका छन् ।

त्यसैगरी लेखा सुपरीवेक्षक संयोजकमा शम्भुप्रसाद भट्टराई तथा सदस्यहरूमा लोकेन्द्र थापा र ईश्वर रिजाल चयन भएका छन् । ऋण उपसमिति सदस्यमा एकराज पुरी र नीलम कुमारी गच्छेदार चयन हुँदा शिक्षा उपसमितिमा सुरेन्द्रकुमार सुवेदी र शकुन्तला भट्टराई सर्वसम्मत चयन भए ।

संगालोखबर 













