संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार पाँच सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला तीन हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!