संगालोखबर


काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । ८० वटा विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो ।

रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी हुँदैछन् । केपी ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा छन् ।

मंगलबार साँझबाट सुरु हुने भनिए पनि प्राविधिक समस्याका कारण आज बिहानबाट मतदान सुरु हुन लागेको हो । मतदानका लागि मेसिनहरू तयार भएको रामलक्ष्मण इनोभेसन प्रालिले जनाएको छ । मतदान स्थल पनि सारिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!