संगालोखबर


खोटाङ । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका-४ मात्तिमका २४ वर्षीय निसान राईको मृत्यु भएको हो ।

बुधबार बिहानको राती करिब १२ः५५ बजेतिर बेहोस अवस्थामा फेला परेका उनलाई जिल्ला अस्पताल लगिएकोमा राती १ः५७ चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

२०७७ फागुन १६ गते जिल्ला अदालत खोटाङ र २०७८ चैत ७ गतेको उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गाको फैसला अनुसार राई २०८१ साउन २४ गते कारागार चलान भएका थिए ।

उनलाई दुई वर्ष जेल र २० हजार जरिवानाको फैसला सुनाइएको थियो । मृतकका आफन्तले घटनाबारे सत्यतथ्य छानबिनको माग गर्दै शव बुझ्न मानेका छैनन् । पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने अस्पतालले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!