संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा एक हजार बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार भएको शिविरमा एक हजार पाँच सय बढीको स्वास्थ्य परीक्षण गरिएको हो ।

शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, स्किन (छाला) रोग, आँखा, जनरल मेडिसिन, श्वासप्रश्वास रोग, इन्टरनल मेडिसिन, मानसिक स्वास्थ्य र बालरोग सेवा प्रदान गरिएको थियो ।

Advertisement

यस्तै नाक, कान, घाँटी, फार्मेसी, भिडियो एक्स–रे, प्रयोगशाला, इ.सी.जी (मुटु जाँच), फोक्सो जाँच र दाँत रोग सम्बन्धी सेवा दिइएको अर्खौले जितपुर सेवा समाज धनकुटाका संस्थापक अध्यक्ष खगेन्द्र नेपालले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!