कोशी प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

कोशी प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम जेठ ५ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम ...
खोटाङबाट तराई जोड्ने वैकल्पिक मार्ग निर्माण सुरु 

खोटाङबाट तराई जोड्ने वैकल्पिक मार्ग निर्माण सुरु 

विराटनगर । खोटाङबाट तराई जोड्ने वैकल्पिक मार्ग फोक्सिङ्टार–धाप्लाङघाट सडक निर्माणको काम शुरु भएको छ । कोशीका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शनिबार बराहपोखरी गाउँपालिका-३ लामाचौरबाट सडकको ट्रयाक खोल्ने कामको शुभारम्भ गरेका हुन् । यो सडक निर्माण सम्पन्न भएपछि खोटाङको आर्थिक उन्नयनमा योगदान पुग्ने मन्त्री राईको विश्वास छ । उनले गत असोजमा आएको बाढीले फोक्सिङ्टारको पुल बग...
सुनको मूल्य घट्यो, चाँदीको यथावत

सुनको मूल्य घट्यो, चाँदीको यथावत

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला छ सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८४ दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य यथावत छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ...
कोशी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि 

कोशी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि 

विराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । गत वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेशसभाको बजेट अधिवेशन आज दिउँसो २ बजेका लागि बोलाइएको हो । आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखले अधिवेशन आव्हान गरेको सूचना पढेर सुनाउने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ टेबुल हुने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट प्रदेशसभामा धारणा रा...
विराटनगरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगर-३ आयल निगम अगाडि स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा विराटनगर-६ का अन्दाजी ५५ वर्षीय मो. अब्दुल कलामको मृत्यु भएको हो । प्रहरीका अनुसार गएराति खार्जीबाट कन्चनबारीतर्फ आइरहेको प्रदेश १-०२-०५०५ ९७९६ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका कलामलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घ...
२५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने

२५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने

विराटनगर । सेवा र विकासका लागि युवा संस्थाले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै १३ जिल्लाका दुई हजार पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने संस्थाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिने सेवा र विकासका लागि युवाका राष्ट्रिय सचिव खगेन्द्रबहादुर क...
दुई मुक्तक

दुई मुक्तक

न्याय लुकाएर अन्यायको दियो बाल्न थालेपछी नैतिकता र धर्म मार्दै अपराध पाल्न थालेपछी  गणतन्त्र के हो ? कसरी बुझ्ने साधारण जनताले आफ्नो गल्ति लुकाउँदै, दाग पखाल्न थालेपछी ००००० प्रशंसा बोल्ने मुखबाट गाली  हुन थालेको छ असल फाल्ने, खराब पाल्ने गद्दारी  हुन थालेको छ यस्तो तमासा माथिदेखि तलसम्मै भएर त हो नि विकास शून्य सभामा कुर्सी खाली हुन थालेको छ तिलक थापा अरुण गाउँपालिका-७, भो...
धनकुटामा मनाइयो मदन आश्रित स्मृति दिवस 

धनकुटामा मनाइयो मदन आश्रित स्मृति दिवस 

धनकुटा । धनकुटामा पनि ३२ औं मदन आश्रित स्मृति दिवस मनाइएको छ । आज नेकपा एमाले धनकुटाले स्व. मदन भण्डारीको सालिकमा माल्यार्पण गर्दै मदन आश्रित दिवस मनाएको हो । धनकुटा नगरपालिका-७ स्थित मदन चोकमा रहेको स्व. मदन भण्डारीको सालिकमा माल्यार्पण कार्यक्रम गरिएको हो । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार राई, धनकुटा अध्यक्ष शिव आङ्ला, प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई,...
उच्च अदालत धनकुटा इजलास मुद्दा फर्छ्यौटमा अगाडि

उच्च अदालत धनकुटा इजलास मुद्दा फर्छ्यौटमा अगाडि

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलास र मातहत रहेका तेह्रथुम, भोजपुर र संखुवासभा जिल्ला अदालतहरूमा ६२.९९ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ । शुक्रबार धनकुटा इजलासले पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा चालु आर्थिक वर्षको बैशाखसम्म उक्त मुद्दा फर्छ्यौट भएको जनाएको हो । ३७.१ प्रतिशत मुद्दा फर्छ्यौट हुन बाँकी छन् । दर्ता भएका दुई हजार तीन सय ७० मुद्दामध्ये एक हजार चार सय ९१ फर्छ्यौट भएका र  एक हजा...
विराटनगरका स्केट खेलाडीलाई वडाध्यक्षको आश्वासन 

विराटनगरका स्केट खेलाडीलाई वडाध्यक्षको आश्वासन 

विराटनगर । विराटनगर-१२ का कुनाल कामत ७ वर्षका भए । उनी स्केट खेलाडी हुन् । गतवर्ष असोजमा थाइल्याण्डमा भएको अन्तराष्ट्रिय स्केट प्रतियोगितामा १३ देशका प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै कामतले ११ स्वर्ण र ३ कांस्य पदक जितेका थिए । उनले उक्त प्रतियोगिताबाट देशसँगै विराटनगरलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भए । सानै उमेरमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका उनलाई विराटनगर-१२ का वडाध्यक्ष हिरालाल कामतल...
धनकुटाका कुन पालिकाको बेरुजु कति ?

धनकुटाका कुन पालिकाको बेरुजु कति ?

धनकुटा । धनकुटाका सात वटा स्थानीय तहमध्ये छथर जोरपाटी गाउँपालिकाको बेरुजु सबैभन्दा बढी देखिएको छ । महालेखापरीक्षकको ६२ औं प्रतिवेदन अनुसार ९५ करोड ७४ लाख ८ हजार लेखापरीक्षण हुँदा छथर जोरपाटीको २ करोड ८९ लाख ४८ हजार अर्थात ३.०२ प्रतिशत बेरुजु देखिएको हो । पाख्रीबास नगरपालिकाले १ अर्ब १५ करोड ८९ लाख १५ हजार रकम लेखापरीक्षण गराउँदा २ करोड ८६ लाख १७ हजार अर्थात २.४७ प्रतिशत बेरुजु देखिएको प्रतिवेदन...
तमोर करिडोरको हेवा खोला डाइभर्सन बाढीले बगायो

तमोर करिडोरको हेवा खोला डाइभर्सन बाढीले बगायो

विराटनगर । पाँचथरको फिदिम र हिलिहाङको सिमानामा रहेको हेवा खोला डाइभर्सन बाढीले बगाएको छ । आज बिहान आएको बाढीले तमोर करिडोरमा पर्ने हेवा खोलामा डाइभर्सनका लागि लगाइएका ह्‍युमपाइप बगाएको हो । डाइभर्सन बगाएसँगै तमोर करिडोरको पाँचथर-ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी इन्स्पेक्टर रूपेश तामाङले संगालोखबरलाई जानकार दिए । उक्त सडक अवरुद्ध भएसँगै तमोर करिडोर ह...
सुनको मूल्य तोलामा तीन हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा तीन हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन हजार रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर एक हजार नौ सय ४...
डाक्टर परिवारबाटै पीडित बुहारी न्यायको खोजीमा

डाक्टर परिवारबाटै पीडित बुहारी न्यायको खोजीमा

विराटनगर । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापकको रूपमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. निता यादवले परिवारबाटै पीडित भएको बताएकी छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले ससुरा र देवरको अवरोधका कारण अदालतबाट प्राप्त अधिकार आफूले उपभोग गर्न नपाएको दुखेसो गरेकी हुन् । श्रीमान् डा.सुशील यादवको २०८१ साल जेठ ३१ गते मृत्यु भयो । त्यसपछि उनले ...
उर्लाबारीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

उर्लाबारीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-३ पुरानो मंगलबारेमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार राति ११ः१५ बजेतिर भएको दुर्घटनामा मोटरसाइकल चालक झापाको दमक नगरपालिका-९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको हो । पश्चिमतर्फ आउँदै गरेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख २१८७ नम्बरको ट्यांकरले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्...
धनकुटाबाट ४३ किलो गाँजासहित चार जना पक्राउ

धनकुटाबाट ४३ किलो गाँजासहित चार जना पक्राउ

धनकुटा । धनकुटाबाट ४३ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । विभिन्न स्थानमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । बिहीबार साँझ साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकमा चेकिङमा खटिएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको छ । संखुवासभाबाट दमक जाँदैगरेको प्रदेश १-०२-००१ ज ४६५९ नम्बरको इभी गाडीमा सवार सहिदभूमि गाउँपालिका-२ का ...
महत्वपूर्ण विषय नीतिमा समेट्न प्रदेश सरकारलाई एमाले कोशीको सुझाव

महत्वपूर्ण विषय नीतिमा समेट्न प्रदेश सरकारलाई एमाले कोशीको सुझाव

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि सुझाव पत्र पेश गरेको छ । विकास निर्माण, रोजगारी, कृषि, स्वास्थ्य, भाषा संरक्षण, सुशासन र स्थानीय उत्पादन प्रवर्द्धनजस्ता महत्वपूर्ण विषयहरू समेट्न सुझाव दिएको हो । नेकपा एमाले स्थायी कमिटी सदस्य, कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई, नेकपा एमाले कोशी प्रदेश...
पेट्रोलियम पदार्थको मूल्य घट्यो, विराटनगरमा कति पर्छ ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, विराटनगरमा कति पर्छ ?

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरि पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य घटाएको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागुहुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्र...
२०८२ जेष्ठ २ गते शुक्रवार/आजको राशिफल

२०८२ जेष्ठ २ गते शुक्रवार/आजको राशिफल

बि.सं २०८२ जेष्ठ २ गते शुक्रवार ई.सं २०२५ मे १६ नेपाल सम्वत् ११४५ बछलागा चतुर्थी , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रीष्म ऋतु, जेष्ठ कृष्ण चतुर्थि, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सिद्वि योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर १४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्...
धनकुटामा विद्युतको तार खसेर करेन्ट लाग्दा एक जनाको मृत्यु

धनकुटामा विद्युतको तार खसेर करेन्ट लाग्दा एक जनाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–८ शिववेशीमा आज दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६८ वर्षीय मंगलसिंह राई छन् । दिउँसो करिब ३ बजे खेतमा धान गोडिरहेका बेला विद्युत लाइनको तार खसेको थियो । सोही तारबाट प्रवाह भएको करेन्ट लाग्दा राईको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
बुढ्यौलीले छुएको मोरङ क्याम्पस : परीक्षा चलिरहेको बेला ढलान खस्दा कर्मचारी घाइते 

बुढ्यौलीले छुएको मोरङ क्याम्पस : परीक्षा चलिरहेको बेला ढलान खस्दा कर्मचारी घाइते 

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको मूल भवनमा रहेको ६३ नम्बर कक्षाको सिलिङबाट ढलान खस्दा एक कर्मचारी घाइते भएका छन् । बुधबार परीक्षा चलिरहेको समयमा ढलान खस्दा परीक्षा निरीक्षणमा बसेका पूर्व कर्मचारी आनन्द चौधरी घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको र स्थानीय क्लिनिकमा उपचार पश्चात् डिस्चार्ज भइसकेको छ । सो घटनापछि उक्त कोठामा ताला लगाइएको छ । महेन्द्र मोरङ क्याम्पसको पुरानो भवनक...
हाम्रो बोलीवचन तथा व्यवहार राम्रो हुनुपर्छ : प्रहरी महानिरीक्षक थापा

हाम्रो बोलीवचन तथा व्यवहार राम्रो हुनुपर्छ : प्रहरी महानिरीक्षक थापा

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवन उद्‌घाटन गरिएको छ । धनकुटा नगरपालिका-५ बिच बजारमा निर्मित भवनको आज प्रहरी महानिरीक्षक दीपक थापाले उद्‌घाटन गरेका हुन् । उद्‌घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक थापाले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले राम्रो बोलीवचन तथा व्यवहारका साथ नागरिकलाई सरल, सहज सेवा र कानुनले दिए अनुसारको काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए...
महानगरपालिकामध्ये विराटनगरको बेरुजु सबैभन्दा कम  

महानगरपालिकामध्ये विराटनगरको बेरुजु सबैभन्दा कम  

विराटनगर । देशभरका ६ वटा महानगरपालिकामध्ये विराटनगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार विराटनगर महानगरको ०.३२ प्रतिशत मात्र बेरुजु देखिएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा २ करोड ८ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०/८१...
पाँचथरमा बन्दुक पड्किएर युवकको मृत्यु

पाँचथरमा बन्दुक पड्किएर युवकको मृत्यु

विराटनगर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडा जंगलमा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ । बुधबार राति वन्यजन्तुको सिकार गर्न गएका फिदिम नगरपालिका-९ का २० वर्षीय सुन्दर सारु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार मगर छिमेकी ३३ वर्षीय मनबहादुर सम्बाहाम्फेसँग सिकार खेल्न जंगल गएका थिए । बन्दुक पड्किएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएकोमा चिकित्सकले मृत घो...
औद्योगिक करिडोरमा नियमित विद्युत आपूर्ति गर्न उद्योग संगठन मोरङको माग

औद्योगिक करिडोरमा नियमित विद्युत आपूर्ति गर्न उद्योग संगठन मोरङको माग

विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक करिडोरमा नियमित विद्युत आपूर्ति गर्न माग गरेको छ । नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउँदै संगठनले विद्युत कटौतीले उद्योग सञ्चालनमा कठिनाइ भएको जनाएको छ । सुनसरी-मोरङ, विराटनगर-रानी, विराटनगर-कटहरी औद्योगिक करिडोरमा हाल दैनिक ८ देखि १० घण्टासम्म विद्युत आपूर्ति अवरोध भइरहेको संगठनको भनाइ छ । सूचना बिना विद्युत कटौती हुनेगरेको बताउँदै संगठनले दैनिक क...
सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन हजार पाँच सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक हजार नौ सय २५...
झापामा घर भत्किँदा एक जनाको मृत्यु

झापामा घर भत्किँदा एक जनाको मृत्यु

विराटनगर । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ । गएराति अचानक आएको हावाहुरीले जस्तापाताको छानो भएको घर भत्काउँदा ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार मगर घरमै सुतिरहेका थिए । घरको बिमले किचिरहेको देखेर स्थानीयले उद्धार गरे पनि उनको मृत्यु भइसकेको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि लगिए...
संखुवासभामा चट्याङ लागेर महिलाको मृत्यु, तीन जना गम्भीर घाइते

संखुवासभामा चट्याङ लागेर महिलाको मृत्यु, तीन जना गम्भीर घाइते

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका-१ मानेडाँडामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते भएका छन् । बुधबार अपराह्‍न ४ बजेतिर हावाहुरीसँगै परेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको हो ।घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । चट्याङ लागेर १५ ...
२०८२ जेष्ठ १ गते बिहीवार/आजको राशिफल

२०८२ जेष्ठ १ गते बिहीवार/आजको राशिफल

बि.सं २०८२ जेष्ठ १ गते बिहीवार ई.सं २०२५ मे १५ नेपाल सम्वत् ११४५ बछलागा तृतिया , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण तृतिया, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर १४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ६ बजेर ४५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस...
भाइलाई खबर गरिदिनु लेखेर धनकुटाका धुव्र थापाले सप्तकोसीमा हाम फाले

भाइलाई खबर गरिदिनु लेखेर धनकुटाका धुव्र थापाले सप्तकोसीमा हाम फाले

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरास्थित सप्तकोसी नदीको पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन् । सुनसरी प्रहरीका अनुसार नदीमा हाम फाल्ने व्यक्ति धनकुटा नगरपालिका-२ का ५३ वर्षीय धुव्र थापा हुन् । उनले आज दिउँसो करिब २ः४५ बजे नदीमा हाम फालेको प्रहरीको भनाइ छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार को ३४ प ३९२८ नम्बरको मोटरसाइकल पुलमा रोकेर उनले नदीमा हाम फालेका थिए...
विपदमा सबैभन्दा पहिला स्थानीय निकाय क्रियाशील हुनुपर्छ : गृहमन्त्री लेखक

विपदमा सबैभन्दा पहिला स्थानीय निकाय क्रियाशील हुनुपर्छ : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुरक्षाको स्थिति कायम राख्नका लागि वृहत रूपमा काम भइरहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । ‘शान्ति, सुरक्षाको अवस्था, अपराध नियन्त्रणको विषय अहिले तपाईँहरूले हेर्नुभयो भने पछिल्लो समयमा धेरै पहिला अपराध गरेका मान्छेहरू पनि पक्राउ परिरहेका छन्’, उनले भने, ‘...
error: Content is protected !!