धनकुटाका थप ३७ जनामा कोरोना संक्रमण
धनकुटा । धनकुटाका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा ५२ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार साँझ १८ पुरुष र १९ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । धनकुटा नगरपालिकामा २५, पाख्रीवास नगरपालिकामा ८ तथा छथर जोरपाटी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा २/२ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।
धनकुटा नगरपालिका–१ का १२, ३५,...
























