ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

बि.सं. २०७८ साल जेठ १२ गते बुधबार ई.सं.२०२१ मे २६ नेपाल सम्बत ११४१ बछलाथ्व पुन्हि राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, बैशाख शुक्ल पूर्णिमा तिथी, चन्द्रमा बृश्चिक राशिमा, अनुराधा नक्षत्र, शिव योग, भाद्र करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ६:५२ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ९ मिनेट देखि ८ बजेर ३५ मिनेट सम्म छ । आज बुद्ध जयन्ती, उभौली पर्व, कुर्म जयन्ती, गुरु गोरखनाथ जयन्ती, चण्डी पूर्णिमा, पूर्णिमा व्रत र बैशाख स्नान समाप्तीको दिन रहेको छ। रहेको छ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मिहिनेत र परिश्रम खेर जाँदैन, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ । अनुभवी र जान्नेबुझ्नेको रायसल्लाह लिई नयाँ काममा हात हाल्दा राम्रो हुन्छ । गरी आएका व्यापारव्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ । नचिताएको मान्छेको सहयोग पाइने छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गृहदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । आँटेका काममा निकै मिहिनेत गरेमा मात्र सफलता हात लाग्नेछ । उद्योग तथा बन्दव्यापारमा सामान्यतया फाइदा नै हुनेछ । प्रेमी÷प्रेमिकाका बीचमा मनमुटाव हुनसक्छ । आर्जित वा सञ्चित धन खर्च गर्ने परिस्थिति आउने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ महासरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पहिलेका वाचा पूरा गर्न दौडधूप गर्नुपर्ने छ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ । घरखर्चको मात्रा बढ्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ ग्रामदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन । पुरानो समस्या सुल्झाउन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछ । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नृसिंहाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । होसियारीसाथ काम लिनुपर्ने समय छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो वा ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ महाकालाय नमः न्यूनतम जापसङ्ख्या २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । आजका लागि शुभअङ्क २ र शुभरङ्ग गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ राज्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछ । शत्रुहरू किनारा लाग्नेछ । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मिश्रित प्रभाव भएको दिन छ । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । फाइदा कममात्र हुनेछ । आफ्ना कामजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छ । अरूका काममा श्रम तथा बुद्धि खर्चनु पर्ला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!