मुना बनिन् धनकुटा लेडी जेसिजको अध्यक्ष
धनकुटा । धनकुटा लेडी जेसिजको अध्यक्षमा मुना पोख्रेल निर्वाचित भएकी छन् । जेसिजको अधिवेशनले पोख्रेलको नेतृत्वमा १२ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा जोसना श्रेष्ठ र सुस्मिता श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा रिता पाण्डे, गिता पौडेल, बिनु जोशी र योजना अधिकारी चयन भएका छन् । महासचिवमा सोभा श्रेष्ठ, सचिवमा दिपिका भट्टराई र कोषाध्यक्षमा लिना श्रेष...































