संगालोखबर सम्वाददाता

विराटनगर । अत्यधिक चिसो बढेका कारण विराटनगर महानगरक्षेत्रका विद्यालय तीन दिन बन्द गरिने भएको छ । विराटनगर महानगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म महानगरक्षेत्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

Advertisement

चिसो अत्यधिक बढ्न थालेपछि पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिइएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जनाएका छन् ।

‘केही दिनदेखि बढेको चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको तथा स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठनपाठन माघ ३ देखि ५ गतेसम्म बन्द गर्न निर्णयअनुसार जानकारी गराइन्छ,’ महानगरले विद्यालयहरूलाई पठाएको सूचनामा भनिएको छ ।

यसैबीच, यसअघि निर्णय भएको माघ ३, ४ र ५ गते सञ्चालन हुने महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भने सञ्चालन हुने भएको छ । बुधबार शहीद रङ्गशालामा प्रतियोगिता उद्घाटन हुने महानगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!