संगालोखबर सम्वाददाता
तस्वीर सौजन्य: लोक श्रेष्ठ

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ स्थित जितपुरमा यात्रुबाहक बस दुर्घटना भएको छ । धरानबाट महालक्ष्मी–६ बासपानी जादै गरेको को १ ख ७१७७ नम्बरको बस शुक्रबार साँझ करिब ५ बजे जितपुर बजार नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी बासपानीकी विनिता तामाङ घाइते भएकी छन् । उनको हात भाँचिएको छ । जितपुरमा प्राथमिक उपचार गरी उनलाई थप उपचारका लागि धरान पठाइएको जितपुरका स्थानीय लोक श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनका अनुसार गुडिरहेका बेला ‘पत्ती’ भाँचिएपछि घुम्ती मोडिन नसकेर बस सडक छोडेर तल्तिर गएको छ । ढिस्कोमा ठोक्किएकाले बस डिलमुनी खस्नबाट जोगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!