संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् । किरात राईहरूको महान चाड साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो ।

Advertisement

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर राईलाई सम्मान गरिएको हो । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र किरात राई यायोक्खाका अध्यक्ष उद्धवमणी राईले फेटा गुथेर प्रशंसापत्र प्रदान गरी उनीहरूलाई सम्मानित गरे ।

किरात राई समुदायमा हुर्किएर राष्ट्रसेवक निजामती कर्मचारीको अधिकृत तहमा पुगी जनताको सेवामा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो समुदायको शिर उच्च बनाएकाले उनीहरूलाई सम्मान गरिएको किरात राई यायोक्खाले जनाएको छ ।

सम्मानित भएपछि बोल्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले मातृसंस्थाले सम्झिएर सम्मान गरेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका धनकुटा नगर प्रमुख तामाङलाई पनि आयोजक संस्थाको तर्फबाट फेटा गुथेर सम्मान गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!