सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–९ बेलहारास्थित बाघखोरमा हेलिप्याड निर्माण गरिएको छ । हेलिकप्टर उडान तथा अवतरणका लागि नेपाली सेनाको श्री नं. २ वाहिनी अड्डाको अगुवाइमा हेलिप्याड बनाइएको हो ।

Advertisement

हेलिप्याड निर्माणका लागि धनकुटा नगरपालिका ९ नं. वडा कार्यालय, डीएन ग्रुप अफ कम्पनी र स्थानीयवासीले पनि सहयोग गरेका छन् । निर्माण सम्पन्न भएपछि आइतबार उद्घाटन गरी नेपाली सेनाले धनकुटा नगरपालिकालाई हेलिप्याड हस्तान्तरण गरेको छ ।

कार्यक्रममा श्री नं. २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी राजकाजी थापाले धनकुटा नगरपालिका–९ का वडाध्यक्ष टंक बहादुर रोइलालाई हेलिप्याड हस्तान्तरण पत्र प्रदान गरे ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको नाममा सेनाले हेलिप्याड हस्तान्तरण पत्र तयार गरेको भएपनि कार्यव्यस्तताका कारण नगर प्रमुख तामाङ कार्यक्रममा सहभागि हुन नसकेपछि सोही पत्र वडाध्यक्ष रोइलालाई हस्तान्तरण गरिएको हो ।

विपदमा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी महिला तथा गम्भिर बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यले हेलिप्याड बनाइएको सहायक रथी थापाले बताए । हेलिप्याड बनेपछि आपतकालीन उद्धारमा सजिलो हुने वडाध्यक्ष रोइला बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!