संगालोखबर सम्वाददाता

धनकुटा । महालक्ष्मी नगरपालिका-२ का वडाध्यक्ष पदम रखाल मगरले आफूले पाउने पैसाबाट विद्यार्थीलाई पोशाक किनिदिएका छन् । सेवा सुविधा बापत आफूले पाएको तीन महिनाको पैसाबाट वडाध्यक्ष मगरले महालक्ष्मी–२ सान्नेटारस्थित ऐश्वर्य आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक किनिदिएका हुन् ।

Advertisement

बुधबार कार्यक्रम गरेर वडाध्यक्ष मगरले विद्यार्थीहरूलाई पोशाक वितरण गरेका छन् । उनले सो विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थीलाई ट्रयाकसुट र टिसर्ट वितरण गरेका हुन् ।

वडाध्यक्षका हिसाबले राज्यले दिएको सेवा सुविधाबाट सामाजिक काम गरौँ भन्ने उद्देश्यले विद्यार्थीलाई प्रोत्साहनका लागि पोशाक वितरण गरेको वडाध्यक्ष मगरले जानकारी दिए । जाडोयाममा विद्यार्थीलाई न्यानो बनाउँन कपडा प्रदान गरेको उनी बताउँछन् ।

विद्यार्थी संगठनको राजनीति गर्दै आएका मगर गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!