संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारबाट गाँजासहित एक जना पक्राउ परेका छन् । भेडेटार चोकबाट प्रहरीले धनकुटा–१ हिलेका २२ वर्षीय तिलक राना मगरलाई गाँजासहित पक्राउ गरेको हो ।

Advertisement

उनको साथबाट एक किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । हिजो बेलुका करिब ५ बजे मगर सवार को. ३० प ४५१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनको साथमा गाँजा फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

उनी धनकुटाबाट धरानतर्फ जाँदै थिए । अवैध गाँजा फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर कारबाही प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!