संगालोखबर सम्वाददाता
फाइल तस्वीर

ताप्लेजुङ । तमोर नदीमा खस्दा ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत भारत पश्चिम बङ्गालको माल्टा टाउनका २२ वर्षीय मुकेश शाहीको मृत्यु भएको हो ।

विद्युतीय तारबार मिलाउने क्रममा शाही नदीमा खसेका हुन् । जलविद्युत् आयोजनाको हान्द्रुङस्थित विद्युत् पावर हाउस नजिक तमोर नदी वारपार तारबार व्यवस्थापन गर्ने क्रममा घटना भएको हो ।

Advertisement

नदी पारी रहेका साथीलाई डोरी फाल्ने क्रममा चिप्लिएर नदीमा खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!