संगालोखबर सम्वाददाता

काठमाडौं । श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी छन् । न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले आज दिउँसो अदालत परिसरमा प्रवेश गरी शरीरमा मट्टितेल छर्किएर आत्मदाह प्रयास गरेकी हुन् ।

Advertisement

‘न्याय कि मृत्यु’ देखिएको टिसर्ट लगाएर अदालतको गेटभित्र पसेकी आरतीले शरीरमा मट्टीतेल खन्याएर आगो लगाउँने प्रयास गरेकी थिइन् । तर, तत्काल प्रहरीले उनलाई हस्तक्षेप गरेर जोगाएको छ । उनलाई प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको छ ।

श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी उनले श्रीमानलाई थुनामा राख्न माग गर्दै आएकी छन् । अदालतले पक्राउ पुर्जी जारी गरेपछि न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ गरेको थियो । तर, उनी २ लाख ७५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

श्रीमानलाई कारबाही माग गर्दै आएकी आरतीले यसअघि जिल्ला अदालत काठमाडौंमा श्रीमानमाथि जुत्ता प्रहार गरेकी थिइन् । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!