संगालोखबर सम्वाददाता

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई अदालतले ८ वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत काठमाडौँले आज लामिछानेलाई ८ वर्ष कैदसहित ५ लाख क्षतिपूर्ति भराउने आदेश दिएको हो ।

Advertisement

न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसहित ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो । गत पुस १३ गते जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

२०७५ भदौमा लामिछानेले नगरकोट घुमाएर सिनामंगलस्थित एक होटलमा ल्याई बास बसेको र त्यही क्रममा बलात्कार गरेको भन्दै पीडित गौशाला २६ (परिवर्तित नाम) ले जाहेरी दिएकी थिइन् ।

बलात्कार घटनाका बेला पीडित बालिग भइसकेको ठहर गरिएको छ । सजाय निर्धारणपछि अब फैसलाको पूर्णपाठ तयार हुनेछ । पूर्णपाठ बुझेपछि चित्त नबुझे मुद्दाका पक्षहरूले उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउनेछन्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!