संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा लेडी जेसिजको अध्यक्षमा मुना पोख्रेल निर्वाचित भएकी छन् । जेसिजको अधिवेशनले पोख्रेलको नेतृत्वमा १२ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा जोसना श्रेष्ठ र सुस्मिता श्रेष्ठ निर्वाचित भएका छन् ।

Advertisement

त्यस्तै, उपाध्यक्षमा रिता पाण्डे, गिता पौडेल, बिनु जोशी र योजना अधिकारी चयन भएका छन् । महासचिवमा सोभा श्रेष्ठ, सचिवमा दिपिका भट्टराई र कोषाध्यक्षमा लिना श्रेष्ठ चयन भएका छन् । टिका राईलाई कानूनी सल्लाहकार र जमुना दाहाललाई जनसम्पर्क अधिकारीको जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यक्रम आयोजना गरेर नयाँ समितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापना पनि गरिएको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष मेनुका बस्नेतले नव निर्वाचित अध्यक्ष पोख्रेललाई ‘चेन’ हस्तान्तरण गरिन् । सो अवसरमा पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण पनि गराइएको छ ।

कार्यक्रममा पूर्वमन्त्री सुनिलबहादुर थापा, नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष भीम कुँवर, तरहरा जेसिजका अध्यक्ष बहादुर तामाङ, धनकुटा लेडी जेसिजका संस्थापक प्रमिसा श्रेष्ठ लगायतले नयाँ कार्यसमितिलाई बधाइसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

महिलाहरूको व्यक्तित्व विकाससहित सामाजिक काम गर्दै आएको धनकुटा लेडी जेसिजमा १८ देखि ४० बर्ष उमेरसम्मका ४० जना महिलाहरू आवद्ध छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!