पाँचथर र झापामा भएका दुर्घटनामा दुईजनाको मृत्यु

पाँचथर र झापामा भएका दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगर । पाँचथर र झापामा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पाँचथरको हिलिहाङमा टिप्परको ठक्करले पैदलयात्रीको मृत्यु भएको हो । यस्तै, झापामा पिकअपको ठक्करले पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा ना १ क ४५३३ नम्बरको टिपरले ठक्कर दिंदा स्थानीय ७२ वर्षीय रुपध्वज राईको मृत्यु हिजो बेलुका मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस...
कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा हुने

कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा हुने

विराटनगर । कोशी प्रदेशसहित चार प्रदेशमा आज मौसम बदली अनुभव गरिएको छ । विराटनगरलगाय पूर्वका कतिपय स्थानमा बिहानको राति वर्षा भएको थियो । केही स्थानमा हावाहुरी पनि आएको थियो । स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभावका कारण मौसममा बदली देखिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली...
युवामैत्री कानुन बनाउनुपर्छः सभामुख विष्ट

युवामैत्री कानुन बनाउनुपर्छः सभामुख विष्ट

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले युवामैत्री कानुन बनाउनुपर्ने बताएका छन् । ‘कोशी प्रदेश युवा सम्मेलन २०२४’ को उद्घाटन समारोहमा बोल्दै सभामुख विष्टले आइतबार यस्तो बताएका हुन् । त्यस अवसरमा उनले युवाहरू परिवर्तनका संवाहक रहेको भन्दै प्रदेशले युवामैत्री कानुन बनाउन जोड दिने र स्वदेशमै युवालाई आत्मानिर्भर बनाएर देश निर्माणमा लाग्ने वातावरण बनाउने कुरामा आफू सदैव सकारात्मक रह...
धनकुटामा एमालेको नेतृत्व चयन गर्न मतदान सुरू

धनकुटामा एमालेको नेतृत्व चयन गर्न मतदान सुरू

धनकुटा । नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीको आठौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि मतदान सुरु भएको छ । धनकुटा नगरपालिका–६ स्थित सामुदायिक भवनमा मतदान सुरु भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र महिला एकसहित दुई उपसचिव र सदस्यहरु चयन गर्न मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । लेखा समितिका ७ जनासहित ५५ सदस्य सर्वसम्मतत चयन भएपछि पदाधिकारी र ३५ जना सदस्यका लागि मतदान भइरहेको हो । अधिवेश...
रारा गोल्डकपः सिरहाको सलहेश युथ क्लब सेमिफाइनलमा

रारा गोल्डकपः सिरहाको सलहेश युथ क्लब सेमिफाइनलमा

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ संस्करण रारा गोल्डकपअन्तर्गत आइतबार भएको खेलमा विजयी हुँदै सिरहाको सल्हेश युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । चौबिसे गाउँपालिका–६ स्थित पुण्य मावि राजारानीको खेलमैदानमा भएको खेलमा सुनसरीको गोल्डेन स्टारलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सल्हेश सेमिफाइनलमा प्रवेश गरको हो । पहिलो हाफको ८ मिनटमा सल्हेश युथ क्लबका जर्सी नम्बर १४ का खेलाडी अर्मन विज...
यस्तो छ कोशी सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटको प्राथमिकता र सिद्धान्त

यस्तो छ कोशी सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटको प्राथमिकता र सिद्धान्त

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८३ का लागि बजेटको प्राथमिकता र सिद्धान्त आइतबार सार्वजनिक गरेको छ । प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । त्यस क्रममा समग्र आर्थिक वृद्धिदर कम भएकाले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको मन्त्री मगरले बताए । राजस्व संकलन लक्ष्यअनुरुप हुन नसक्दा सार्व...
रोजगारी बढाउन कोशीसहित सातै प्रदेशमा ‘रोजगार मेला’

रोजगारी बढाउन कोशीसहित सातै प्रदेशमा ‘रोजगार मेला’

विराटनगर । आन्तरिक रोजगारीलाई बढवा दिन कोशीसहित सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ । मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते मेला चल्नेछ । मेला विराटनगरको जहदा रोडस्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आयोजना हुने जनाइएको छ । यस्तै, मधेश प्रदेशको जनकपुर...
कीर्ते गरेको आरोपमा रंगेलीका वडाध्यक्षसहित १३ जनालाई पक्रन आदेश

कीर्ते गरेको आरोपमा रंगेलीका वडाध्यक्षसहित १३ जनालाई पक्रन आदेश

विराटनगर । सरकारी कागज कीर्ते गरेर अंशबण्डाको जमिन एकलौटी पार्न सहयोग गरेको आरोपमा मोरङको रंगेली नगरपालिका–४ का वडाध्यक्ष अभदेश मण्डलसति १३ जनालाई पक्राउको आदेश भएको छ । कीर्तेसम्बन्धी उजुरीका आधारमा जिल्ला अदालत मोरङले वडाअध्यक्ष मण्डलसहित १३ जनालाई पक्राउ गर्ने आदेश दिएको हो । एकलौटी अंश लिने प्रयास गर्ने राजकिशोर साहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ आदेश पाएकाहरु फरार रहेकाले खोजी...
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा विराटनगरका तिम्सिना

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा विराटनगरका तिम्सिना

विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा विराटनगरका मनिष तिम्सिनालाई नियुक्त गरेको छ । यसैगरी, राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरेलाई नियुक्त गरिएको छ । उनीहरुलाई एन्फाका महासचिव किरण राईल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । यसअघि नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र गोलक...
कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

विराटनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकले बहुमतले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए । सभामुख घिमिरेले नेपालको संविधानको ...
भन्सार छलेर ल्याइएका ४१ लाखभन्दा बढीको सामान बरामद

भन्सार छलेर ल्याइएका ४१ लाखभन्दा बढीको सामान बरामद

विराटनगर । मोरङ, झापा र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलेर ल्याइएका लाखौंका सामान बरामद गरेको छ । खाद्यान्न, कपडालगायत सामान बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरानतर्फ जाँदै गरेको को–१–ख–६५०२ नम्बरको ट्रकबाट बिलबिजक नभएको अवस्थामा सामान बरामद गरेको हो । विभिन्न प्रक...
सुनसरीमा मोटरसाइकल दुर्घटना: छोराको मृत्यु, बुवा घाइते

सुनसरीमा मोटरसाइकल दुर्घटना: छोराको मृत्यु, बुवा घाइते

सुनसरी । सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–२ स्थित भित्री सडक खण्डमा हिजो साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ । चतरातर्फ जाँदै गरेको को २८ प ४७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ करमखोलाको पुलबाट तल खस्दा ७ वर्षीय अनुभव बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चलाइरहेका उनका बुवा स्थानीय ३५ वर्षीय पुष्प बस्नेत घाइते भ...
धनकुटा एमाले अधिवेशनः नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा

धनकुटा एमाले अधिवेशनः नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा

धनकुटा । नेकपा (एमाले) धनकुटाको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । पार्टीको आठौं जिल्ला अधिवेशनको आइतबार दोस्रो दिन कार्यसमिति चयनका लागि मतदान हुने भएको हो । अधिवेशनको शनिबार उद्घाटन भएको थियो । जिल्ला अध्यक्ष पदका लागि निरेन तामाङ र शिव आङ्ला लिम्बु चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी, उपाध्यक्ष पदका लागि चिन्तन तामाङ र मनोज राई उम्मेद्वार छन् । सचिव पदमा पर्शुराम नेपाल र शेरबहादुर लिम...
रारा गोल्डकपमा आज सिरहा र सुनसरी भिड्दै

रारा गोल्डकपमा आज सिरहा र सुनसरी भिड्दै

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ संस्करणको रारा गोल्डकप अन्तर्गत आइतबार सिरहाको सलहेश युथ क्लब र सुनसरी गोल्डेन स्टार युथ क्लबबीच खेल हुँदैछ । खेल चौबिसे गाउँपालिकाको राजारानीस्थित पुण्य माविको खेलमैदानमा ३ बजे सुरु हुनेछ । सलहेश र गोल्डेन स्टार बीचको यो पहिलो चरणको अन्तिम खेल हो । प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल सोमबार डाँगीहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लबबीच हुनेछ । दो...
कोशी प्रदेशको पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुन सक्ने

कोशी प्रदेशको पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुन सक्ने

विराटनगर । कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा आइतबार वर्षा हुन सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी, लुम्बिनीलगायत प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुने सक्नेछ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने अनुमान गरिएको विभागले जनाएको छ । यस्तै, दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै...
आजदेखि पोलियो रोगविरुद्धको खोप अभियान

आजदेखि पोलियो रोगविरुद्धको खोप अभियान

काठमाडौं । सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानको सबै तयारी पूरा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए । अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो । अहिले देशभरका १४...
२०८१ जेठ १३ गते आइतबार/आजको राशिफल

२०८१ जेठ १३ गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ जेठ १३ गते आइतबार ई.सं.२०२४ मे २६ नेपाल सम्बत ११४४ बछलागा तृतीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण तृतीया, चन्द्रमा धनु राशिमा मूल नक्षत्र, साध्य योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०९ बजे, सूर्यास्त साँझ ०६ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर राखेर जुनसुकै दिशाको यात्रा गरेप...
रारा गोल्डकपः भोजपुरलाई हराउँदै आयोजक सेमिफाइनलमा

रारा गोल्डकपः भोजपुरलाई हराउँदै आयोजक सेमिफाइनलमा

धनकुटा । आयोजक रारा फुटबल क्लब धनकुटाको राजारानीमा जारीे रारा गोल्डकप फुटबल प्रयिोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको तेस्रो खेलमा भोजपुर फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै आयोजक क्लबले अन्तिम चारमा स्थान बनाएको हो । खेलको १९औँ र ४८औँ मिनटमा भोजपुर फुटबल क्लबका निशान लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६६औँ मिनटमा राराका ग्लोरीले गोल गर्दै खेल २–१ गोलको अवस्थामा पुर्याए ...
खुल्यो संखुवासभाको किमाथांका नाका

खुल्यो संखुवासभाको किमाथांका नाका

विराटनगर । कोरोना महामारीका बेला बन्द भएको संखुवासभाको किमाथांका शनिबारदेखि खुला भएको छ । त्यस बेला चीन सरकारले बन्द गरेका किमाथांकासहित १३ जिल्लाका १४ वटामध्ये सातवटा नाका खुलेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा उच्च अधिकारीहरुको उपस्थितिमा किमाथांका नाका खुलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रसुवागढी, ...
विराटनगर महानगरको राजश्व संकलन लक्ष्यभन्दा आधामात्रै हुने अनुमान

विराटनगर महानगरको राजश्व संकलन लक्ष्यभन्दा आधामात्रै हुने अनुमान

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ४० करोड २३ लाख राजश्व संकलन गरेको छ । आन्तरिक आयतर्फ चालु आर्थिक वर्षमा ८९ करोड ५० लाख राजश्व संकलनको लक्ष्य लिएको महानगरले बैशाख मसान्तसम्म ४० करोड २३ लाख १८ हजार मात्रै संकलन गर्न सकेको छ । यसरी हेर्दा महानगरले चालु आर्थिक वर्षको अन्त्यसम्ममा लगभग ५० प्रतिशत राजश्व संकलन गर्न सक्ने देखिन्छ । गत आर्थिक वर्षमा महानगरले ९९ कर...
नेपालद्वारा अमेरिकाको ह्युस्टन हरिकेन्स ६ रनले पराजित

नेपालद्वारा अमेरिकाको ह्युस्टन हरिकेन्स ६ रनले पराजित

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा विजयी भएको छ । ह्युस्टन शहरमा रहेको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेन्ससँग भएको खेलमा नेपाल ६ रनले विजयी भएको हो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको ह्युस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४० रनमात्रै बनायो । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो ...
बुवाको हत्या गरी दाहसंस्कार गरेको आरोपमा खोटाङका एकजना पक्राउ

बुवाको हत्या गरी दाहसंस्कार गरेको आरोपमा खोटाङका एकजना पक्राउ

खोटाङ । बुवाको हत्या गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिकाका ४२ वर्षीय टिकाराम राईलाई पक्राउ गरेको छ । बुवाको मृत्यु भएको भन्दै दाहसंस्कार समेत गरिसकेको अवस्थामा हत्या भएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घरायसी विवादका क्रममा कुटपिट गरी साकेला गाउँपालिका–२ रतन्छाका टिकारामले ७१ वर्षका बुवा कृष्णकुमार राईको हत्या गरेको सूचना प्रहरीले पाएको थियो । खोटाङका प्रहरी नायव उपरीक्षक (डी...
भरुवा बन्दुक प्रहार गरी भोजपुरमा वृद्धको हत्या

भरुवा बन्दुक प्रहार गरी भोजपुरमा वृद्धको हत्या

भोजपुर । भरुवा बन्दुक प्रहार गरी भोजपुरमा एकजनाको हत्या भएको छ । टेम्केमैयुङ गाउँपालिका–४ नागीका ६३ वर्षीय राजकुमार राईको हिजो बेलुका हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा स्थानीय ६५ बर्षीय मणिप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । बाख्राले बाली खाइदिएको निहुँमा उनीहरुबीच विवाद भएको थियो । त्यस क्रममा मणिप्रसादले राजकुमारलाई भरुवा बन्दुकले प्रहार गरेको प्रहरीेले जनाएको छ । उनको घट...
छात्रालाई बलात्कार गर्न खोज्दा लखेटिए, भैंसी करणी गर्दैगर्दा पक्राउ परे

छात्रालाई बलात्कार गर्न खोज्दा लखेटिए, भैंसी करणी गर्दैगर्दा पक्राउ परे

ताप्लेजुङ । भैंसीलाई करणी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । करणी गर्दै गरेको अवस्थामा भेटिएका उनलाई गाउँलेको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । एक छात्रालाई बलात्कार गर्ने प्रयास गरिरहेका बेला गाउँलेले लखेटेपछि ती युवक भागेका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार पक्राउ पर्ने फुङलिङ नगरपालिका–१० का २९ वर्षीय बिक्रम तामाङ छन् । गाउँलेले लखेट्...
बढ्दै डेंगु संक्रमण, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

बढ्दै डेंगु संक्रमण, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

विराटनगर । पछिल्लो समय फेरि डेंगु संक्रमण बढिरहेको छ । देशभरका ५७ जिल्लामा यस्तो संक्रमण देखिएको भन्दै सरकारले सावधानी अपनाउन सुझाव दिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु संक्रमण पनि बढ्न थालेको हो । पछिल्लो तथ्यांकअनुसार ५७ जिल्लका ९०४ जनामा डेंगु संक्रमण पाइएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियो...
सडकबाट जिप खस्दा पाँचथरमा एकजनाको मृत्यु

सडकबाट जिप खस्दा पाँचथरमा एकजनाको मृत्यु

पाँचथर । मेची राजमार्गको ताप्लेजुङ–पाँचथरमा पर्ने हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको बा १७ च ७९९९ नम्बरको जिप दुर्घटना भएको हो । शुक्रबार साँझ भएको दुर्घटनामा नेपालगञ्ज घर भएका ३५ वर्षीय चालक श्याम बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित भएर सडकबाट करिब २५ मिटर तल खसेको थियो । गम्भीर घाइते भएका बिकको जिल्ल...
२०८१ जेठ १२ गते शनिबार/आजको राशिफल

२०८१ जेठ १२ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ जेठ १२ गते शनिबार ई.सं.२०२४ मे २५ नेपाल सम्बत ११४४ बछलागा द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण द्धितीया, चन्द्रमा वृश्चिक राशिमा जेष्ठा नक्षत्र, सिद्धि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ०६ः५१ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै द...
प्रहरीमा जागिर लगाइदिने भन्दै ठग्ने कटहरीका एकजना पक्राउ

प्रहरीमा जागिर लगाइदिने भन्दै ठग्ने कटहरीका एकजना पक्राउ

विराटनगर । प्रहरी सेवामा जागिर लगाइदिने भन्दै युवाहरुबाट रकम लिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको कटहरी गाउँपालिका–३ का ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पासवानले कटहरी–५ का सम्पतलाल झागडका छोरा राजकुमारलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भनेर ठगेको पाइएको छ ...
गोर्खा रारा गोल्डकपः बिर्तामोड सेमिफाइनलमा

गोर्खा रारा गोल्डकपः बिर्तामोड सेमिफाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब धनकुटाको राजारानीमा जारी ११औँ गोर्खा रारा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा रियल स्टार युथ क्लब हेटौंडालाई ४–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा भएको खेलको दोस्रो मिनटमै बिर्तामोडका जर्सी नम्बर ९ का आशीष चापागाईँले ...
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

विराटनगर । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको लोकन्थलीस्थित निवासमा उनले बिहिवार आत्महत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीलाई सम्बोधन गरेर उनले लेखेको ‘सुसाइड नोट’ फेला परेको छ । आफूले आत्महत्या गरेको कुरा उक्त नोटमा लेखिएको बताए पनि प्रहरीले विस्तृत जा...
विराटनगरमा औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी प्रशिक्षण

विराटनगरमा औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी प्रशिक्षण

विराटनगर । उद्योगी–व्यवसायीहरुको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिकहरुको सीप वृद्धि गर्ने उद्देश्यले प्रशिक्षण दिएको छ । उद्योगमा कार्यरत प्राविधिकहरुलाई किफायती ऊर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘इनर्जी इफिसियन्सी’ प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा २२ जना प्राविधिकको सहभागिता थियो । २० दिने तालिम समापनका अवसरमा बिहिवार सहभागीहरुलाई...
error: Content is protected !!