संगालोखबर


पाँचथर । मेची राजमार्गको ताप्लेजुङ–पाँचथरमा पर्ने हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको बा १७ च ७९९९ नम्बरको जिप दुर्घटना भएको हो ।

शुक्रबार साँझ भएको दुर्घटनामा नेपालगञ्ज घर भएका ३५ वर्षीय चालक श्याम बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित भएर सडकबाट करिब २५ मिटर तल खसेको थियो ।

Advertisement

गम्भीर घाइते भएका बिकको जिल्ला अस्पताल पाँचथरमा उपचारका क्रममा मृत्यु भएको थियो । शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका जिपमा सवार इलामका ३१ वर्षीय लक्ष्मण मुखियालाई उपचारका लागि झापातिर पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!