संगालोखबर


धनकुटा । नेकपा (एमाले) धनकुटाको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । पार्टीको आठौं जिल्ला अधिवेशनको आइतबार दोस्रो दिन कार्यसमिति चयनका लागि मतदान हुने भएको हो । अधिवेशनको शनिबार उद्घाटन भएको थियो ।

जिल्ला अध्यक्ष पदका लागि निरेन तामाङ र शिव आङ्ला लिम्बु चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी, उपाध्यक्ष पदका लागि चिन्तन तामाङ र मनोज राई उम्मेद्वार छन् ।

Advertisement

सचिव पदमा पर्शुराम नेपाल र शेरबहादुर लिम्बु छन् भने उपसचिवमा खुलातर्फ केशरमान तुम्सा, गोपाल भट्टराई र नैन विश्वकर्मा उम्मेदवार छन् । यस्तै, उपसचिवमा महिलातर्फ तुलसी राई र मनकुमारी तितुङ (तारा) उम्मेदवार बनेका छन् ।

धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा जारी अधिवेशनअन्तर्गत आज बिहानैदेखि निर्वाचनको प्रक्रिया सुरु भएको हो ।

अधिवेशनले एकजना अध्यक्ष, एकजना उपाध्यक्ष, एक सचिव र एकजना महिलासहित दुईजना उपसचिव चयन गर्नेछ । सदस्यहरुसमेत गरी ९० सदस्यीय जिल्ला कमिटी चयन हुने निर्वाचन कमिटीले जनाएको छ ।

नेतृत्व र पदाधिकारीका लागि दुईवटा प्यानल बनाएर आकांक्षीहरु प्रतिस्पर्धामा उत्रँदैछन् । अध्यक्षका उम्मेदवार आङ्लाको प्यानलमा उपाध्यक्षका उम्मेदवार तामाङ, सचिवमा नेपाल, उपसचिवमा विश्वकर्मा र राईको उम्मेदवारी छ ।

यसैगरी अर्का अध्यक्ष तामाङको प्यानलमा उपाध्यक्षमा राई, सचिवमा लिम्बु र उपसचिवमा भट्टराई तथा महिलातर्फ उपसचिवमा तितुङ उम्मेदवार छिन् ।

अधिवेशनमा ५४८ जना प्रतिनिधि सहभागी रहेको निर्वाचन समितिले जनाएको छ । अधिवेशनको शनिबार एमालेका केन्द्रीय उपाध्यक्ष डा. युवराज ज्ञवालीले उद्घाटन गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!