संगालोखबर
सांकेतिक तस्वीर

भोजपुर । भरुवा बन्दुक प्रहार गरी भोजपुरमा एकजनाको हत्या भएको छ । टेम्केमैयुङ गाउँपालिका–४ नागीका ६३ वर्षीय राजकुमार राईको हिजो बेलुका हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या गरेको आरोपमा स्थानीय ६५ बर्षीय मणिप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । बाख्राले बाली खाइदिएको निहुँमा उनीहरुबीच विवाद भएको थियो । त्यस क्रममा मणिप्रसादले राजकुमारलाई भरुवा बन्दुकले प्रहार गरेको प्रहरीेले जनाएको छ ।

Advertisement

उनको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय दिल्पाको टोलीले राईलाई घटनामा प्रयोग भएको बन्दुकसहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!