संगालोखबर

खोटाङ । बुवाको हत्या गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिकाका ४२ वर्षीय टिकाराम राईलाई पक्राउ गरेको छ । बुवाको मृत्यु भएको भन्दै दाहसंस्कार समेत गरिसकेको अवस्थामा हत्या भएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

घरायसी विवादका क्रममा कुटपिट गरी साकेला गाउँपालिका–२ रतन्छाका टिकारामले ७१ वर्षका बुवा कृष्णकुमार राईको हत्या गरेको सूचना प्रहरीले पाएको थियो । खोटाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम खड्काका अनुसार राईलाई बिहीबार पक्राउ गरिएको हो । तीन दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान सुरु गरिएको उनले बताए ।

जेठ ७ गते सुतिरहेको अवस्थामा बुवाको मृत्यु भएको भन्दै टिकारामले गाउँलेलाई खबर गरेका थिए । त्यसपछि उनको दाहसंस्कार गरिएको थियो । भोलिपल्ट शंकास्पद मृत्यु भएको भन्नै सूचना प्रहरीकहाँ पुगेको थियो ।

गाउँले र केही आफन्तको उक्त सूचना आएपछिपछि डीएसपी खड्काको नेतृत्वमा प्रहरीले अनुसन्धान गरेको थियो । दाहसंस्कारका क्रममा गाडिएको शव उत्खनन् गरी पोष्टमार्टमका लागि दिक्तेल अस्पतालमा लगिएको थियो । टिकारामका भाइ नवीनले बुवाको मृत्युबारे आफूलाई जानकारी नै नदिएको भन्दै कुटपिट गरी हत्या गरेको जाहेरी प्रहरीमा दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!