संगालोखबर

विराटनगर । मोरङ, झापा र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलेर ल्याइएका लाखौंका सामान बरामद गरेको छ । खाद्यान्न, कपडालगायत सामान बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरानतर्फ जाँदै गरेको को–१–ख–६५०२ नम्बरको ट्रकबाट बिलबिजक नभएको अवस्थामा सामान बरामद गरेको हो ।

विभिन्न प्रकारका किराना तथा अन्य गरी ४० लाख २६ हजार ६८५ रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै, झापा र मोरङका स्थानीय प्रहरी कार्यालयहरुबाट खटिएको टोलीले विभिन्न प्रकारका कपडा लगायत खाद्यान्न गरी करिब १ लाख ४६ हजार बराबरको सामान बरामद गरेको हो । बरामद भएका समानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालय पठाएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!