संगालोखबर

विराटनगर । कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा आइतबार वर्षा हुन सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, गण्डकी, लुम्बिनीलगायत प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुने सक्नेछ ।

Advertisement

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने अनुमान गरिएको विभागले जनाएको छ । यस्तै, दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने जनाइएको छ ।

यस्तै, राति कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हवा हुरीसहित हल्का वर्षाको सम्भावना छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!