मोरङमा २७१ किलो गाँजा बरामद, एकजना पक्राउ

मोरङमा २७१ किलो गाँजा बरामद, एकजना पक्राउ

विराटनगर । मोङका छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाण गाँजा बरामद भएको छ । भारततर्फ लैजान खोजिएको २७१ किलो गाँजा प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय रानीको टोलीले मंगलबार राति विराटनगर महानगरपालिका–१४ जतुवाबाट १८१ किलो गाँजा बरामद गरेको छ । प्रदेश १–०२–००१ ख ९२७० नम्बरको मिनी ट्रकमा राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । कूचो निकासी गर्ने बहानामा उक्त ट्रकमा गाँजासमेत...
रारा गोल्डकपको उपाधिका लागि सिरहा र आयोजक भिड्दै

रारा गोल्डकपको उपाधिका लागि सिरहा र आयोजक भिड्दै

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकपको उपाधि कसले हात पार्छ भन्ने टुंगो बुधबार लाग्दैछ । प्रतियोगिताको फाइनल खेलमा सिरहाको सलहेश युथ क्लब र आयोजक रारा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । चौबिसे गाउँपालिका–६ राजारानीस्थित पुण्य माविको खेलमैदानमा दिउँसो २ बजे दुवै टिम उपाधि कब्जा गर्ने लक्ष्यसहित उत्रँदैछन् । उपाधि जित्ने टिमले ५ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ । साबिक विजेता सल...
कोशी सरकारविरुद्धको रिटमा आजदेखि सुनुवाइ

कोशी सरकारविरुद्धको रिटमा आजदेखि सुनुवाइ

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधबारदेखि सुनुवाइ हुँदैछ । यसअघि जेठ ९ गते अदालतले मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो । वैशाख २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो । ...
२०८१ जेठ १६ गते बुधबार/आजको राशिफल 

२०८१ जेठ १६ गते बुधबार/आजको राशिफल 

२०८१ जेठ १६ गते बुधबार ई.सं.२०२४ मे २९ नेपाल सम्वत् ११४४ बछलागा षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण षष्ठी, चन्द्रमा मकर राशिमा श्रवण नक्षत्र, एन्द्र योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ बजे, सूर्यास्त साँझ ०६ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै म महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपन...
टी–१० क्रिकेटः विराट स्पोर्टिङ र फूलबारी विजयी

टी–१० क्रिकेटः विराट स्पोर्टिङ र फूलबारी विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फूलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएका छन् । विराटनगर–६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा फूलबारीले एलिट क्रिकेट क्बललाई १० विकेटले र दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै दुवै टिमले २–२ अंक जोडेका छन् । पहिलो खेलमा एलि...
रारा गोल्डकपः सलहेश क्लब सिरहा फाइनलमा

रारा गोल्डकपः सलहेश क्लब सिरहा फाइनलमा

धनकुटा । सलहेश युथ क्लब सिरहा धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै साबिक विजेता सलहेश युथ क्लब उपाधि नजिक पुगेको हो । चौबिसे गाउँपालिका–६ राजारानीस्थित मैदानमा भएको खेलको ३२औं मिनेटमा सलहेशका आदित्य शाक्यले गोल गरेका थिए । त्यस्तै, खेलको ६२ औ...
एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा मेन्याङ्बो

एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा मेन्याङ्बो

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा तिलकुमार मेन्याङ्बो चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मेन्याङ्बोलाई दलको उपनेता चयन गरेको हो । यसअघि राम राना दलको कोशी प्रदेश संसदीय दलका उपनेता थिए । उनी आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि संसदीय दलको उपनेताको जिम्मेवारी मेन्याङ्बोलाई दिएको नेकपा एमाले संसदीय दलका सचेतक ...
खोलामा डुबेर झापाका शिक्षकको मृत्यु

खोलामा डुबेर झापाका शिक्षकको मृत्यु

झापा । झापाको मेचीनगरस्थित नवज्योति माध्यमिक विद्यालयका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा पौडी खेल्दा डुबेर मंगलबार मृत्यु भएकोे छ । मेचीनगर–३ निवासी ४० वर्षीय भण्डारी दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए । प्रहरीका अनुसार उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोलाबाट...
इलाम लिग फुटबलः हेलिबोधलाई हराउँदै माईभ्यालीको जित

इलाम लिग फुटबलः हेलिबोधलाई हराउँदै माईभ्यालीको जित

इलाम । एन्फा इलाम जिल्ला लिग फुटबलमा माईभ्याली फुटबल क्लब बिजयी बनेको छ । इलामको ठुलो टुँडिखेलमा सञ्चालित खेलमा हेलिबोध एफसीलाई २–१ गोल अन्तरले हराउँदै माईभ्यालीले ३ अंक जोडेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा हेलिबोध पराजित बनेको हो । खेलको २१औँ मिनेटमा साइमन लिम्बुले हेलिबोधलाई अग्रता दिलाएका थिए । सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जोएल राईले पहिलो हाफको इन्जुरी समयमा खेल बराबर...
धनकुटाको सहिदभूमिका कृषकलाई मौरीपालन तालिम

धनकुटाको सहिदभूमिका कृषकलाई मौरीपालन तालिम

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–७ मा मौरीपालन तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा हेरिटेज टेक्निकल ट्रेनिङ एण्ड रिसर्च इन्स्टिच्युट धरानको आयोजनामा ७ दिने आधारभूत तालिम सम्पन्न भएको हो । ‘उन्नत सीप सिकौँ, सफल व्यवसायी बनौँ’ भन्ने नाराका साथ तालिम आयोजना गरिएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक रोशन बजगाईँले जानकारी दिए । तालिममा आधुनिक घारमा मौरी पाल...
संघीय सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्ण पाठसहित)

संघीय सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्ण पाठसहित)

विराटनगर । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यसैगरी, यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चा...
नोवेल मेडिकल कलेज र सशस्त्र प्रहरी बलबीच सहुलियतमा उपचार सम्झौता

नोवेल मेडिकल कलेज र सशस्त्र प्रहरी बलबीच सहुलियतमा उपचार सम्झौता

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेड क्वाटर, सुनसरीको १७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । नेपालभरका सशस्त्र प्रहरी बलका बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार, अमर सशस्त्र प्रहरी सहिद परिवार साथै नेपाल एपिएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले...
कोशी प्रदेशलाई ‘उद्योग हब’ बनाउने घोषणा

कोशी प्रदेशलाई ‘उद्योग हब’ बनाउने घोषणा

विराटनगर । अर्थमन्त्री बर्षमान पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने घोषणा गरेका छन् । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले सात प्रदेशलाई फरक फरक आर्थिक हब बनाउने घोषणा गरेका हुन् । उनले कोशी प्रदेशलाई उद्योग, मधेश प्रदेशलाई कृषि, वाग्मती प्रदेशलाई सूचना प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्...
नोवेलमा सुरु भयो ‘अटोइम्यून’ रोगको विशेष जाँच

नोवेलमा सुरु भयो ‘अटोइम्यून’ रोगको विशेष जाँच

विराटनगर । पूर्वी नेपालमा पहिलो पटक विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ‘इम्युनोफ्लुरेसेन्स’ प्रविधिबाट ‘अटोइम्यून’ डिजिजको जाँच सुरु गरेको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्याथोलोजिष्ट डा. ओसन श्रेष्ठका अनुसार यो प्रविधिलाई सवैभन्दा उच्च स्तरको मानिन्छ । उनका अनुसार यो प्रविधिले लगभग सतप्रतिशत जाँचमा अटोइम्यून डिजिज भए नभएको पुष्टि गर्छ । विज्ञका अनुसार अटोइम्यून डिजिज रो...
बजेटः प्रदेश र स्थानीय तहलाई अनुदानबापत ५ खर्ब ६७ अर्ब

बजेटः प्रदेश र स्थानीय तहलाई अनुदानबापत ५ खर्ब ६७ अर्ब

विराटनगर ।  सरकारले प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले उक्त वित्तीय समानीकरण अनुदान विनियोजन गरेको हो । अर्थमन्त्री वर्षमान पुनले संविधानको धारा ६० अनुसार यो रकम विनियोजन गरेको बताएका छन् । उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा विनियोजन भएको समेत बताए । यस्तै सर्सत अनुदानतर्फ प्रदेशका ल...
सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशबाट शुभारम्भ गरिने

सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशबाट शुभारम्भ गरिने

विराटनगर । कोशी प्रदेशसहित देशका सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना मेला आयोजना हुन लागेको हो । मेलाको शुभारम्भ भने कोशी प्रदेशबाट हुने विराटनगरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ गते मेलाको शुभारम्भ भएर १८ गते समापन हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र ...
इलाम जिल्ला लिगः देउराली र रेडहर्स विजयी

इलाम जिल्ला लिगः देउराली र रेडहर्स विजयी

इलाम । ‘एन्फा इलाम जिल्ला लिग’ मा देउराली स्पोर्टिङ क्लब र रेडहर्स फुटबल क्लब विजयी बनेका छन् । सदरमुकामस्थित ठूलो टुँडिखेलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा देउरालीले हेल्लो जस्बिरे क्ल्बमाथि ३–१ गोल अन्तरको जित निकालेको हो । देउरालीको जितमा बिनोद धमलाले २ र सुमन धमलाले १ गोल गरे । जस्बिरेका मन मगरले १ गोल फर्काए । सुमनले २४औँ मिनेटमा अग्रता दिलाए । दोस्रो हाफको बिनोदले ६ र २६ मिनेटमा गोल गरे...
करेन्ट लागेर मोरङमा दुईजनाको मृत्यु

करेन्ट लागेर मोरङमा दुईजनाको मृत्यु

विराटनगर । मोरङका बेग्लाबेग्लै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका र सुनवर्षी नगरपालिकामा भएका घटनामा बालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–८ देवकोटा चोकस्थित खानेपानी कार्यालयको क्वार्टरमा बस्दै आएका सुरज चौधरीका चार वर्षीय छोरा टेरेन्स चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । कोठाभित्रै खेलिरहेका बेला ती बालकलाई बिजुलीमा जोड्ने मल...
आज १७औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक विदा

आज १७औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक विदा

विराटनगर । नेपाली जनताको लामो संघर्ष, बलिदानपछि गणतन्त्र स्थापना भएको दिनका रुपमा आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । सरकारले आजका दिन राष्ट्रिय दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने सन्दर्भमा देशभर सार्वजनिक विदा दिँदै आएको छ । मुलुकमा २०६२–६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन व्यवस्थापिका संसद्ले २०६५ जेठ १५ गते गणतन्त्र स्थापनाको घोषणा गरेको थियो । त्यही दिनलाई आधार मानेर हरेक वर्ष गणतन्त्र ...
टी–१० क्रिकेटः विराटनगरको एनबीएससी विजयी

टी–१० क्रिकेटः विराटनगरको एनबीएससी विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा विराटनगरको एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ । एनबीएससी लायन्स क्लबले फूलबारी क्रिकेट क्बललाई ५० रनले हराउँदै विजयी भएको हो । एनबीएससी लायन्सले निर्धारित १० ओभरमा १ विकेट गुमाइ १५७ रन बनाएको हो । जसमा राहुल रोमाल्डले अर्धसतक कटाए । उनले २९ बलमा ८ छक्का र ४ चौका प्रहार गर्दै अविजित ७५ रन बनाए । सन्तोष ...
ट्याक्टर र अटो ठोक्किँदा भोजपुरमा बालिकाको मृत्यु

ट्याक्टर र अटो ठोक्किँदा भोजपुरमा बालिकाको मृत्यु

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ जरायोटारमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गको भोर्लाबोट भन्ने स्थानमा भएको दुर्घटनामा स्थानीय एक बालिकाको सोमबार बेलुका मृत्यु भएको छ । लेगुवाबाट भोजपुरतर्फ आउँदै गरेको प्र–२०३–००३ त २८९० नम्बरको ट्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०२–००३ ह ६७४ नम्बरको अटो आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटना...
२०८१ जेठ १५ गते मंगलबार/आजको राशिफल

२०८१ जेठ १५ गते मंगलबार/आजको राशिफल

बि.सं.२०८१ जेठ १५ गते मंगलबार ई.सं.२०२४ मे २८ नेपाल सम्बत ११४४ बछलागा पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण पञ्चमी, चन्द्रमा मकर राशिमा उत्तरषाढा नक्षत्र, ब्रद्म योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०९ बजे, सूर्यास्त साँझ ०६ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै म महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर खाएर जुनसुकै दिशाको यात्रा ...
धनकुटामा ट्याक्टर दुर्घटना: एकजनाको मृत्यु, १९ घाइते (अपडेट)

धनकुटामा ट्याक्टर दुर्घटना: एकजनाको मृत्यु, १९ घाइते (अपडेट)

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–४, पाथीभरा डाँडानजिक भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका चारजना घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । सिधुवाबाट मलामी लिएर त्रिवेणी घाटतर्फ जा...
रारा गोल्डकपः आयोजक रारा फुटबल क्लब उपाधिनजिक

रारा गोल्डकपः आयोजक रारा फुटबल क्लब उपाधिनजिक

धनकुटा । आयोजक रारा फुटबल क्लब धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ । सोमवार भएको पहिलो सेमिफाइनल खेलमा मोरङको डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजक उपाधिनजिक पुगेको हो । चौबिसे गाउँपालिका–६ राजारानीस्थित पुण्य माविको खेलमैदानमा भएकोे खेलमा आयोजकले घरेलु दर्शकको राम्रो साथ पाएको थियो । खेलको ३६औँ मिनेटमा राराका शिशिर लेखीले गोल गरी...
धनकुटाको तेलियामा मलामी बोकेको ट्याक्टर दुर्घटना

धनकुटाको तेलियामा मलामी बोकेको ट्याक्टर दुर्घटना

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तेलियामा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ । सोमबार अपराह्न भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । दुर्घटनामा १५ जना घाइते भएको प्रारम्भिक अनुमान छ । प्रहरीले घाइतेहरुको उद्धार गरी अस्पताल पुर्याउने काम भइरहेको जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ...
टी–१० क्रिकेटः विराटनगर प्यान्थर्सको विजयी सुरूवात

टी–१० क्रिकेटः विराटनगर प्यान्थर्सको विजयी सुरूवात

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले हराउँदै प्यान्थर्स विजयी भएको हो । जितसँगै प्यान्थर्सले दुई अंक जोडेको छ । टस जितेर ब्याटिङ रोजेको प्यान्थर्सले ७ ओभरमा ७ विकेट गुमाई ८...
एमाले धनकुटाका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

एमाले धनकुटाका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

धनकुटा । नेकपा (एमाले) धनकुटाका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । सोमबार धनकुटा नगरपालिका–७ स्थित श्रीवनीमा रहेको एमाले पार्टी कार्यालयमा पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । सोमबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष शिव आङ्ला लगायत पदाधिकारीहरुले पदभार ग्रहण गरेका थिए । त्यसपछि अध्यक्ष आङ्ला, उपाध्यक्ष चिन्तन तामाङ, सचिब पर्शुराम नेपाल, उपसचिव नैन विश्वकर्मा र...
विराटनगरको अव्यवस्थित डम्पिङ साइटः दुर्गन्धले निसास्सिन्छन् स्थानीय

विराटनगरको अव्यवस्थित डम्पिङ साइटः दुर्गन्धले निसास्सिन्छन् स्थानीय

विराटनगर । अचाक्ली गर्मी, सडकमा उड्ने धुलो अनि ‘डम्पिङ साइट’ बाट फैलिने दुर्गन्धले बृहस्पति शर्माको दैनिकीमा नराम्ररी असर पारेको छ । उनले वर्षौँदेखि यही समस्या खेप्दै आएका छन् । मौसम फेरिन्छ, सडकमा उड्ने धुलो कम होला तर अव्यवस्थित डम्पिङ साइटले निम्त्याएको समस्या बाह्रैमास उस्तै हुने गरेको उनी सुनाउँछन् । यो समस्या विराटनगर महानगरपालिकाको हो । विराटनगर कोशी प्रदेशको एकमात्र महानगरपालिका हो । त्...
सामुदायिक विद्यालयमा विराटनगरको पोखरिया उत्कृष्ट

सामुदायिक विद्यालयमा विराटनगरको पोखरिया उत्कृष्ट

विराटनगर । माध्यमिक शिक्षा परीक्षाको नतिजाका आधारमा विराटनगरको पोखरिया माध्यमिक विद्यालय पहिलो स्थानमा छानिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पोखरिया मावि देशभरबाट पहिलो बन्न सफल भएको हो । यसैगरी, विराटनगरको आदर्श माध्यमिक विद्यालय उक्त सूचीको उत्कृष्ट १५ मा पर्न सफल भएको छ । कम्तीमा १ सयभन्दा बढी विद्यार्थी सहभागी गराएर ३० प्रतिशतभन्दा बढी विद्य...
रारा गोल्डकपः पहिलो सेमिफाइनलमा मोरङ र आयोजक भिड्दै

रारा गोल्डकपः पहिलो सेमिफाइनलमा मोरङ र आयोजक भिड्दै

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा डाँगीहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लब भिड्दै छन् । यी दुवै टिम फाइनलमा पुग्ने लक्ष्यसाथ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको खेल मैदानमा दिउँसो ३ बजे उत्रँदैछन् । धनकुटाको डाँडाबजार युथ क्लबलाई ५–१ गोलले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा पुगेको हो । यस्तै, भोजपुर फुटबल क्लबलाई ३–२ ग...
नेकपा (एमाले) धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बु निर्वाचित

नेकपा (एमाले) धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बु निर्वाचित

धनकुटा । नेकपा (एमाले) धनकुटा जिल्ला अध्यक्षमा शिव आङ्ला लिम्बु निर्वाचित भएका छन् । जिल्ला कमिटी पदाधिकारीमा उनीसहितको प्यानलै निर्वाचित भएको छ । सदस्यमा पनि अधिकांश उनको प्यानलकै निर्वाचित भएका छन् । सोमबार बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार लिम्बु ३१४ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रहेका निरेन तामाङले २०७ मत प्राप्त गरे । यसैगरी, उपाध्यक्ष पदमा चिन्...
error: Content is protected !!