संगालोखबर

विराटनगर । प्रहरी सेवामा जागिर लगाइदिने भन्दै युवाहरुबाट रकम लिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको कटहरी गाउँपालिका–३ का ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पासवानले कटहरी–५ का सम्पतलाल झागडका छोरा राजकुमारलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भनेर ठगेको पाइएको छ ।

जागिर लगाइदिने भनेर उनले ३ लाख ३० हजार रुपैयाँ लिएको पाइएको बस्नेतले जानकारी दिए । ठगी गरेको सूचना आएपछि खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत मोरङबाट ठगी कसुरमा ५ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले अरुलाई पनि ठगी गरेको हुन सक्ने भन्दै प्रहरीले खोजी सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!