संगालोखबर

ताप्लेजुङ । भैंसीलाई करणी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । करणी गर्दै गरेको अवस्थामा भेटिएका उनलाई गाउँलेको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । एक छात्रालाई बलात्कार गर्ने प्रयास गरिरहेका बेला गाउँलेले लखेटेपछि ती युवक भागेका थिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार पक्राउ पर्ने फुङलिङ नगरपालिका–१० का २९ वर्षीय बिक्रम तामाङ छन् । गाउँलेले लखेट्दै जाँदा स्थानीय एकजनाको गोठको भैंसीलाई करणी गर्दै गरेको अवस्थामा फेला पारिएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाइएको हो ।

बुधबार साँझ विद्यालयबाट घर फर्किदै गरेकी एक छात्रालाई उनले जबरजस्ती करणी गर्न खोजेका थिए । त्यस क्रममा गुहार माग्दै ती छात्रा कराएकी थिइन् । होहल्ला सुनेर गाउँले पुगेका थिए ।

गाउँलेको समूह आएको देखेपछि तामाङ त्यहाँबाट भागेका थिए । खोज्दै जाँदा स्थानीय बासिन्दाको गोठमा बाँधेर राखिएको भैँसीलाई करणी गरिरहेको अवस्थामा गाउँलेले फेला पारेको प्रहरी निरीक्षक लुंगेलीले जानकारी दिए ।

तामाङविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ अन्तर्गत जबरजस्ती करणी उद्योग र पशु करणी कसुरमा जिल्ला अदालतबाट हिरासतमा राख्न ७ दिने म्याद थप अनुसन्धान अघि बढाइएको लुंगेलीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!