विराटनगर । नेपाली जनताको लामो संघर्ष, बलिदानपछि गणतन्त्र स्थापना भएको दिनका रुपमा आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । सरकारले आजका दिन राष्ट्रिय दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने सन्दर्भमा देशभर सार्वजनिक विदा दिँदै आएको छ ।

मुलुकमा २०६२–६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन व्यवस्थापिका संसद्ले २०६५ जेठ १५ गते गणतन्त्र स्थापनाको घोषणा गरेको थियो । त्यही दिनलाई आधार मानेर हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिएको छ ।

Advertisement

सरकारले यो वर्ष गणतन्त्र दिवस भव्यरुपमा मनाउन संघ, प्रदेश र स्थानीय तहमा समेत मूल समारोह समिति गठन गरी दिवस मनाउने तयारी गरेको छ । संघमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन भई दिवस मनाउने तयारी छ ।

यसैगरी, प्रदेशमा मुख्यमन्त्री, जिल्लामा समन्वय समितिको प्रमुख र स्थानीय तहमा गाउँपालिकाका अध्यक्ष वा नगरपालिकाका प्रमुखहरूको नेतृत्वमा मूल समारोह समितिहरू गठन भएका छन् ।

ती समितिहरूले आफ्ना क्षेत्रमा रचनात्मक कार्यहरू गर्दै यो दिवसलाई उत्सवका रुपमा मनाउने तयारी गरेका छन् । सरकारले जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाल राजदूतावास नियोगहरुमा दीपावली गर्न भनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!