संगालोखबर
फाइल तस्वीर ।

विराटनगर । मोङका छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाण गाँजा बरामद भएको छ । भारततर्फ लैजान खोजिएको २७१ किलो गाँजा प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीको टोलीले मंगलबार राति विराटनगर महानगरपालिका–१४ जतुवाबाट १८१ किलो गाँजा बरामद गरेको छ । प्रदेश १–०२–००१ ख ९२७० नम्बरको मिनी ट्रकमा राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

कूचो निकासी गर्ने बहानामा उक्त ट्रकमा गाँजासमेत राखिएको फेला परेको थियो । बोरामा राखिएको गाँजालाई कूचोले छोपिएको थियो । प्रहरीले ट्रक र त्यसका चालक संखुवासभाको चैनपुर घर भएका लाक्पा दोर्जेलाई पक्राउ गरेको छ ।

यसैगरी, मोरङको जहदा–१ बाट ९० किलो गाँजा बरामद गरिएको छ । मकै बारीमा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो । गाँजा लुकाएर राखेको भन्ने सूचना पाएको सशस्त्र प्रहरीको टोलीले उक्त गाँजा बरामद गरेको जनाइएको छ ।

गाँजा लुकाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । ती दुवै स्थानमा फेला परेको गाँजा भारततर्फ लैजान खोजिएको पाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!