धनकुटामा मनाइयो गठेमङ्गल

धनकुटामा मनाइयो गठेमङ्गल

धनकुटा । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गल अर्थात् घन्टाकर्ण पर्व धनकुटामा पनि मनाइएको छ । यो पर्व विशेषगरी नेवारी समुदायले परापूर्वकालदेखि मनाउँदै आएका छन् । गठेमङ्गल नाम गरेका नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप यो पर्व मनाइँदै आएको छ । हरियो नर्कट, निगालो साथै सिमलीको सेउला मिसाएर तीनखुट्टे राक्षसको स्वरुप बनाइ दोबाटो र चौबाटोमा उभ्याउने गरिन्छ । बिहानै उठेर स्नान, पूजापाठ गरी आ–आ...
ऐतिहासिक फिल्म ‘नालापानी’ साउन २५ देखि दर्शकमाझ

ऐतिहासिक फिल्म ‘नालापानी’ साउन २५ देखि दर्शकमाझ

विराटनगर । ऐतिहासिक विषयवस्तुमा आधारित फिल्म ‘नालापानी’ साउन २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि पनि प्रदर्शन भइसकेको फिल्म पुनः प्रदर्शन हुने भएको हो ।  फिल्मका लेखक तथा निर्देशक रिमेश अधिकारीले यसअघि प्रदर्शनको मिति साउन १८ तोकिएको भएपनि विद्यार्थीलाई लक्षित गरी २५ गतेदेखि देशव्यापी प्रदर्शन गर्न लागेको जानकारी दिए । फिल्मको नयाँ ट्रेलर पनि सार्वजनिक गरिसकिएको अधिकारीले जानकारी दिए । ‘न...
कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् ।  नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका ...
कक्षा १२ को नतिजा आज प्रकाशन हुने

कक्षा १२ को नतिजा आज प्रकाशन हुने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डको बैठकले आज नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनका लागि अन्तिम चरणको प्रक्रिया भइरहेको छ । प्राविधिक त्रुटि वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन हुने सम्भावना रहेको उनले बताए । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हज...
आजको मौसमः कतै वर्षा, कतै हावाहुरी

आजको मौसमः कतै वर्षा, कतै हावाहुरी

विराटनगर । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा कतिपय स्थानमा वर्षा भइरहेको छ । कोशी प्रदेशका केही क्षेत्रमा वर्षा भइरहेको छ भने तराई क्षेत्रमा वेगले हावा चलिरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी, गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने ...
झापामा गाडीको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

झापामा गाडीको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

झापा । झापाको हल्दीबारीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गएराति दुईजनाको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका–५ मा पर्ने हुलाकी मार्गमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार हल्दीबारी–५ का ३१ वर्षीय प्रेम प्रसाईं र सुनसरीको बराहक्षेत्र–६ प्रकाशपुरका २१ वर्षीय बिकेश कार्कीको मृत्यु भएको हो । राजगढबाट जलथलतर्फ जाँदै गरेको म...
धनकुटामा एक वर्षको अवधिमा गाँजा र खैरो हिरोइनसहित २७ जना पक्राउ

धनकुटामा एक वर्षको अवधिमा गाँजा र खैरो हिरोइनसहित २७ जना पक्राउ

धनकुटा । एक वर्षको अवधिमा धनकुटाबाट लागूऔषधसहित २७ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा गाँजा र खैरो हिरोइनसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । २०८० साउनदेखि २०८१ असार मसान्तसम्मको अवधिमा प्रहरीले गाँजाका १७ वटा र खैरो हिरोइनका ३ वटा मुद्दा दर्ता गरेको छ । पक्राउ परेकाहरूको साथबाट १ हजार ५ सय ९५ किलो ६५ ग्राम गाँजा र ३ ग्राम १ सय ८० मिलिग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी ...
बेस्याहार भए धनकुटाको मुगाका मौलिक घरहरू

बेस्याहार भए धनकुटाको मुगाका मौलिक घरहरू

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–८, मुगामा रहेका मौलिक संरचनायुक्त घरहरू संरक्षण अभावमा बेस्याहार बनेका छन् । दुई सय वर्षभन्दा पुराना कलाकौशल सहितका घरहरू संरक्षणको पर्खाइमा छन् । तत्कालीन मुगा गाविस–४ र साबिक पाख्रीबास नगरपालिका–८ मा पर्ने मुगामा रहेका यी घर संरक्षण नहुँदा मासिने अवस्थामा पुगेका छन् । ‘मुगाली थापा’ भनेर यहाँका थापाहरु चर्चित छन् । दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थाप...
२०८१ साउन १८ गते शुक्रबार/आजको राशिफल

२०८१ साउन १८ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ साउन १८ गते शुक्रबार ई.सं.२०२४ अगस्त ०२ नेपाल सम्वत् ११४४ दिल्लागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण त्रयोदशी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, हर्षण योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२७ बजे, सूर्यास्त साँझ ०६ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर ज...
वक्तृत्वकला प्रतियोगितामा सम्झना भइन् प्रथम

वक्तृत्वकला प्रतियोगितामा सम्झना भइन् प्रथम

धनकुटा । धनकुटाको गोकुण्डेश्वर माध्यमिक विद्यालयमा भएको वक्तृत्वकला प्रतियोगितामा छात्रा सम्झना पौडेल प्रथम भएकी छन् । प्राज्ञिक विद्यार्थी नेपाल गोकुण्डेश्वर एकाइले ‘विद्यार्थी वर्तमानका हिस्सेदार भविष्यका कर्णधार’ विषयमा वक्तृत्वकला प्रतियोगिता गरेको हो । प्रतियोगितामा अरुलाई उछिन्दै कक्षा ११ की छात्रा पौडेल प्रथम भएकी हुन् । प्रतियोगितामा अपेक्षा काफ्ले द्वितीय र कमल पौडेल तृतीय भए । उनीहरु ...
भोजपुरमा बाढीले बगाएका दुवै मजदुर मृत भेटिए

भोजपुरमा बाढीले बगाएका दुवै मजदुर मृत भेटिए

भोजपुर । साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इर्खुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका दुवैजना मजदुर मृत अवस्थामा भेटिएका छन् । उनीहरूको शव पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउने तयारी गरिएको छ । दुवै मजदुरको शव सङ्खुवासभास्थित अस्पतालमा पुर्‍याइएको छ । सङ्खुवासभाको  प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठका अनुसार सनाखत भइसकेकाले अब शवको पोस्टमार्टमपछि आफन्तलाई बुझाइने छ । गत मंग...
स्कुल जान हिँडेका बालकको खोलामा डुबेर मृत्यु

स्कुल जान हिँडेका बालकको खोलामा डुबेर मृत्यु

पाँचथर । प्राङबुङस्थित कालिका माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत विद्यार्थीको खोलामा डुबेर मृत्यु भएको छ । फालेलुङ–५ खेदोक निवासी बालकृष्ण राईका ११ वर्षीय छोरा दीप राईको खेदोक खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट स्कुल जान भनेर हिँडेका उनलाई हिजो अपराह्नतिर खोलामा तैरिरहेको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । राईको सर्ट र स्कुल जाँदा प्रयोग गर्ने झोला...
मोरङका गुरुप्रसाद बराल एमाले उपाध्यक्ष मनोनीत

मोरङका गुरुप्रसाद बराल एमाले उपाध्यक्ष मनोनीत

विराटनगर । नेकपा एमालेको उपाध्यक्षमा मोरङका गुरुप्रसाद बराल मनोनीत भएका छन् । काठमाडौँस्थित होटल बसेरामा आज बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । यसअघि पार्टी उपाध्यक्षको जिम्मेवारीमा सुवास नेम्वाङ थिए । उनको निधनपछि रिक्त पदमा बराललाई मनोनीत गरिएको हो । बराल यसअघि बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा थिए । इमान्दारी, लगनशीलता र निष्ठाको राजनीति गर्ने बराल एमालेको राजनीतिमा ...
एमालेले तोक्यो प्रदेश इन्चार्ज, कोशीमा शेरधन

एमालेले तोक्यो प्रदेश इन्चार्ज, कोशीमा शेरधन

विराटनगर । नेकपा एमालेले सातैवटा प्रदेशका लागि इन्चार्जहरू तोकेको छ । आज बसेको एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका शेरधन राईलाई जिम्मेवारी दिएको छ । यसैगरी, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ । यसअघि एमालेले फर...
मोरङको सुनबर्सीमा दम्पतीमाथि दाउ प्रहार

मोरङको सुनबर्सीमा दम्पतीमाथि दाउ प्रहार

विराटनगर । मोरङको सुनबर्सीमा धारिलो हतियार प्रहारबाट दम्पती घाइते भएका छन् । सुनबर्सी नगरपालिका–६ मा स्थानीय ४२ वर्षीय रमेश साह र उनी श्रीमती प्रमिला साहमाथि गएराति धारिलो हतियार दाउ प्रहार भएको प्रहरीले जनाएको छ । भतिजा पर्ने २५ वर्षीय राजु साहले उनीहरूमथि आक्रमण गरेको प्रहरीको भनाइ छ । पूजा कोठाको माटो निकालेको विषयमा विवाद हुँदा दम्पतीमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रह...
टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने

टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने

विराटनगर । नेपाल टेलिकमको सेवा आज चार घण्टा प्रभावित हुने भएको छ । बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि राति सेवा  प्रभावित हुन सक्ने टेलिकमले जनाएको छ । सूचना जारी गर्दै टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि आज राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुन सक्ने जनाएको छ । ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुने जनाइएको छ । उक्त समयमा मोबाइल भ्वाइस,...
कोशी प्रदेशका एक हजार जनालाई रोजगारी दिने तयारी

कोशी प्रदेशका एक हजार जनालाई रोजगारी दिने तयारी

विराटनगर । प्रदेशमा रोजगारी सिर्जना गर्न प्रदेश सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँसँग समझदारी गरेको छ । आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोष र प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । प्रदेशका विभिन्न जिल्लाका गरी १२ कक्षा उत्तीर्ण करिब एक हजारजना युवालाई तालिम दिई यसै वर्ष अनलाइन रोजगारी दिने प्रदेश सरकारको तयारी छ । यो समझदारीले सरकारको उक्त योजनालाई मद्द...
धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रीवासमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । गएराती वर्षासँगै परेको चट्याङ लागेर पाख्रीवास नगरपालिका-६ छरछरेका ६५ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको हो । राती करिव साढे १० बजे घरमा सुतिरहेका बेला चट्याङ लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । चट्...
प्रभु बैङ्कको बिर्तामोड शाखाबाट करोडभन्दा बढी रकम गायब भएपछि…

प्रभु बैङ्कको बिर्तामोड शाखाबाट करोडभन्दा बढी रकम गायब भएपछि…

झापा । झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयमा मुद्दती खातामा जम्मा गरिएको एक करोड रुपैयाँभन्दा बढी रकम ‘गायब’ भएपछि बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । मुद्दती खाताको अवधि पूरा भएपछि रकम निकाल्न बैंक जाँदा खातामा रकम नै नरहेको पाइएपछि बचतकर्ता चकित भएका थिए । उक्त बैङ्कको शाखामा बिर्तामोड नगरपालिका–७ की मञ्जु नेपालको नाममा खातामा २०२४ जनवरी १६ मा ६ महिनाका लागि एक करोड १० लाख ४३ ह...
शास्त्रीय सङ्गीतका अगुवा गुरुदेव कामतको निधन

शास्त्रीय सङ्गीतका अगुवा गुरुदेव कामतको निधन

विराटनगर । शास्त्रीय संगीतमा देश, विदेशमा ख्याति कमाएका सङ्गीतकार एवं गायक गुरूदेव कामतको निधन भएको छ । आज बिहान ६ बजे जन्मथलो सिरहाको लक्ष्मणपुर पतारी गाउँपालिका–२ पोखरभिण्डामा उनको निधन भएको हो । ६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । काठमाडौँ बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए । शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका...
उपचारका लागि अस्पताल लगिएका मोरङ कारागारका कैदी फरार

उपचारका लागि अस्पताल लगिएका मोरङ कारागारका कैदी फरार

विराटनगर । उपचारका लागि अस्पताल लगिएका जिल्ला कारागार मोरङका एकजना कैदी अस्पतालबाटै फरार भएका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय मोहमद अहमद आज बिहान फरार भएका हुन् । पेट दुख्ने समस्या भएपछि उनलाई उपचारका लागि दुई दिनअघि कोशी अस्पतालमा भर्ना गरिएको थियो । निगरानीका लागि राखिएका प्रहरीलाई छलेर उनी अस्पतालबाटै फरार भएका थिए । कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार उनको खोजी भइर...
२०८१ साउन १७ गते बिहीबार/आजको राशिफल

२०८१ साउन १७ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ साउन १७ गते बिहीबार ई.सं.२०२४ अगस्त ०१ नेपाल सम्वत् ११४४ दिल्लागा द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण द्धादशी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, व्याघात योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२७ बजे, सूर्यास्त साँझ ०६ः५२ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै ...
अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक दलमा प्रतिनिधित्व सुनिश्चित गर्न माग

अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक दलमा प्रतिनिधित्व सुनिश्चित गर्न माग

विराटनगर । राजनीतिक दलले अपाङ्गता भएका व्यक्तिहरूको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइएको छ । नेत्रहीन युवा सङ्घ मोरङले विराटनगरमा गरेको अन्तरक्रियाका सहभागीले प्रभावकारी सहभागितामा जोड दिएका हुन् । कार्यक्रममा दलहरूमा अपाङ्गता भएका व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हासिल गर्ने, पहुँचयुक्त निर्वाचन प्रणाल...
मुख्यमन्त्रीले ‘इगो’ साँधेको कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आरोप

मुख्यमन्त्रीले ‘इगो’ साँधेको कोशीका पूर्वमुख्यमन्त्री कार्कीको आरोप

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि खनिएका छन् । प्रदेशसभा सचिवालयमा आज पत्रकारहरूसँग कुरा गर्दै उनले मुख्यमन्त्री कार्कीमाथि विभिन्न आरोप लगाउँदै सङ्घर्षमा उत्रने चेतावनी पनि दिए । पूर्वमुख्यमन्त्री कार्कीले आफूले सुरुवात गरेका महत्वपूर्ण कामहरू हालका मुख्यमन्त्रीले निरन्तरता नदिएर ‘इगो’ साँधेको आरोप लगाए । उनले बजेटका विषयमा मुख्...
उर्लाबारीका युवकको हत्यामा संलग्न पक्राउ

उर्लाबारीका युवकको हत्यामा संलग्न पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्नलाई प्रहरीले आज अपराह्न पक्राउ गरेको छ । उर्लाबारी–५ का ३५ वर्षीय सुभाष तामाङलाई प्रहरीले सुन्दरहरैँचा–४ बाट पक्राउ गरेको हो । को १ ख ६४७१ नम्बरको बसमा चढेर धरानतर्फ जाँदै गरेको अवस्थामा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी पोस्ट गछियाका असई किशोर निरौला नेतृत्वको टोलीले पक्राउ गरेर तामाङलाई इल...
धरानमा खानेपानी जडान शुल्क र महसुल बढाइएपछि दलहरू आन्दोलित

धरानमा खानेपानी जडान शुल्क र महसुल बढाइएपछि दलहरू आन्दोलित

सुनसरी । धरान उपमहानगरपालिकामा खानेपानीको जडान शुल्क र महसुल बढाइएपछि राजनीतिक दलहरूले विरोध गरेका छन् । शुल्क वृद्धिविरुद्ध उनीहरूले आन्दोलनको घोषणा गरेका छन् । धरानमा क्रियाशील १० राजनैतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै यसअघि धरान खानेपानी व्यवस्थापन बोर्डमा ज्ञापनपत्र बुझाएका थिए । त्यसको सुनुवाइ नभएपछि दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । चालु आर्थिक वर्...
श्री हस्पिटलले डिस्चार्जको नौ दिनपछि बिरामीलाई पठायो घर (फलोअप)

श्री हस्पिटलले डिस्चार्जको नौ दिनपछि बिरामीलाई पठायो घर (फलोअप)

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री अस्पतालले डिस्चार्ज भएको ९ दिनपछि बिरामीलाई घर जान दिएको छ । मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीय रञ्जित टुडु उपचार खर्च बुझाउन नसक्दा अस्पतालमा ‘बन्धक’ भएका थिए । यस विषयमा मङ्गलबार संगालोखबरले समाचार प्रकाशन गरेको थियो । रञ्जितका बुबा सर्दुल टुडुले अस्पतालले छोरालाई घर लग्न दिएको संगालो संगालोखबरलाई जानकारी दिए । ‘अस्पताल प्रशासनले त...
पेरिस ओलम्पिकः इजरायलका खेलाडीसँग पराजित भए दाहाल

पेरिस ओलम्पिकः इजरायलका खेलाडीसँग पराजित भए दाहाल

विराटनगर । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को ब्याडमिन्टनतर्फ आफ्नो अन्तिम खेलमा पनि पराजित भएका छन् । पुरुष एकलतर्फ समूह ‘पी’ को आफ्नो अन्तिम खेलमा आज प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २–० को सोझो सेटमा पराजित भएका हुन् । पहिलो सेटमा १२–२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा पनि १०–२१ ले पराजित भए । त्यसअघि प्रिन्स पहिलो खेलमा भिक्टर एक्सल्सनसँग २–० को सोझो सेटमा पराजित भएका थिए । ...
इटहरीका युवक काठमाडौँमा बसभित्र मृत भेटिए

इटहरीका युवक काठमाडौँमा बसभित्र मृत भेटिए

सुनसरी । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखिएको बसभित्र सुनसरीको इटहरीका एक युवक मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको हो । प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्हाद अधिकारी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी न...
झापाको काँकडभिट्टामा थुनुवाको मृत्यु

झापाको काँकडभिट्टामा थुनुवाको मृत्यु

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एकजना थुनुवाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । लागूपदार्थ सम्बन्धी मुद्दामा थुनामा रहेका मेचीनगर नगरपालिका–७ का २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघि लागूऔषधसहित पक्राउ परेका खड्काको धुलाबारीस्थित आम्दा–मेची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्र...
भोजपुरमा बाढीले बगाएर जलविद्युत आयोजनाका दुईजना कामदार बेपत्ता

भोजपुरमा बाढीले बगाएर जलविद्युत आयोजनाका दुईजना कामदार बेपत्ता

भोजपुर । इखुवा खोलामा आएको बाढीले बगाएर साल्पा सिलिचो गाउँपालिका–४ मा दुईजना कामदार बेपत्ता भएका छन् । बाढीले इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुईजना कामदार बेपत्ता भएका हुन् । प्रहरीका अनुसार सुतिरहेको अवस्थामा मध्य रातितिर आएको बाढीले तीनजनालाई बगाएको थियो । एकजना भने पौडिएर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । बाढीले बगाएर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का श्यामकुमार थारु र रमेश थारु ब...
error: Content is protected !!