धनकुटाको सल्लेरीमा ट्रक दुर्घटना

धनकुटाको सल्लेरीमा ट्रक दुर्घटना

धनकुटा । धनकुटाको सल्लेरीमा मिनी ट्रक दुर्घटना भएको छ । धनकुटाबाट हिलेतर्फ जाँदै गरेको प्र.१-०२-००१ ख ८३८५ नम्बरको मिनी ट्रक आज बिहान करिब ७ः४५ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रकमा सवार एक बालिका सामान्य घाइते भएकी छन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको छ । कुखुराको चारो र भुस बोकेर जादै गरेको ट्रक उकालो सडकमा रोक्न खोज्दा नरोकिएर पल्टिएको अनुमान गरिएको छ । बजार क्षेत्...
छथर जोरपाटीको पर्यटकीय क्षेत्रमा वृक्षरोपण

छथर जोरपाटीको पर्यटकीय क्षेत्रमा वृक्षरोपण

धनकुटा । छथर जोरपाटी गाउँपालिकाको पर्यटकीय क्षेत्रहरूमा वृक्षरोपण गर्न थालिएको छ । बहुसांस्कृतिक पार्क, मिनी ग्रेटवाल, रिचार्ज पोखरी लगायत क्षेत्रमा वृक्षरोपण थालिएको हो । पर्यटकीय क्षेत्रहरूलाई थप आकर्षक र रमणीय बनाउँन फल दिने र सौन्दर्य प्रदान गर्ने बिभिन्न प्रजातिका ३ सय ५० वटा बिरुवा रोपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले जानकारी दिए । जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासी...
एमालेले गुरु बराललाई दियो बागमती प्रदेश इन्चार्जको जिम्मेवारी, को हुन् बराल ?

एमालेले गुरु बराललाई दियो बागमती प्रदेश इन्चार्जको जिम्मेवारी, को हुन् बराल ?

काठमाडौँ । नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य गुरु बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार बसेको एमाले सचिवालय बैठकले नेता बराललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवलाई दिएको थियो । तर, बागमतीको इन्चार...
मदन भण्डारी फाउण्डेसन धनकुटाको अध्यक्षमा पुनः निरेन तामाङ निर्वाचित

मदन भण्डारी फाउण्डेसन धनकुटाको अध्यक्षमा पुनः निरेन तामाङ निर्वाचित

धनकुटा । मदन भण्डारी फाउण्डेसन धनकुटाको अध्यक्षमा पुनः निरेन तामाङ निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा शनिवार सम्पन्न फाउण्डेसनको चौथो जिल्ला सम्मेलनले तामाङलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । सम्मेलनले तीन वर्षे कार्यकालका लागि तामाङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्माण गरेको छ । समितिको उपाध्यक्षमा पर्शुराम नेपाल, सचिवमा होमबहादुर बस्नेत, सहस...
धनकुटामा रामायण वाचन

धनकुटामा रामायण वाचन

धनकुटा । धनकुटामा रामायण वाचन कार्यक्रम गरिएको छ । आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीको अवसर पारेर सल्लेरी साहित्य संगमले कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागि अधिकांशले रामायण वाचन गरे, केहीले आफ्ना स्वतन्त्र सिर्जना पनि प्रस्तुत गरेका थिए । उनीहरूले समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा देखिएको विसंगति विरुद्ध कविता मार्फत खबरदारी गरे । गर्गाचार्य सामुदायिक विश्वभाषा ...
कोशी ब्यारेजको पुलबाट नदीमा खस्यो ट्रक

कोशी ब्यारेजको पुलबाट नदीमा खस्यो ट्रक

विराटनगर । सुनसरी र सप्तरीको सिमानास्थित कोशी ब्यारेजको पुलबाट आज बिहान ट्रक सप्तकोसी नदीमा खसेको छ । बिहान करिब ७ः४५ बजे पुलमा बससँग जुध्दा अनियन्त्रित भई मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सो ट्रक विपरित दिसाबाट जादै गरेको मे १ ख १७६५ नम्बरको बससँग पुलमा ठोक्किएर नदीमा खसेको प्रहरीले जनाएको छ । ट्रकमा सवार तीन जनालाई प्रहरीले डोरी टाँगेर सकुशल उद्धार गरे...
झापाबाट काठमाडौं जाँदै गरेको बस दासढुङ्गामा दुर्घटना

झापाबाट काठमाडौं जाँदै गरेको बस दासढुङ्गामा दुर्घटना

चितवन । झापाको काँकडभिट्टाबाट काठमाडौं जादै गरेको बस आज बिहान चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुङ्गामा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डमा जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस बिहान करिब ५ः२० बजे अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनाका १० जना घाइतेको पुरानो मेडिकल कलेजमा र आठ जनाको भरतपुर अस्पतालमा उपचार हुदैछ । एक जनालाई थप उपचारका ल...
धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–९ छिम्सुवामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते छन् । को ६ प २१४९ नम्बरको मोटरसाइकल राती करिब ८ः४० बजे मुलघाट-त्रिवेणी सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सहिदभूमि गाउँपालिका–१ छिन्ताङका करिब ६० वर्षीय गोपाल भनिने नरबहादुर राईको मृत्यु भएको हो । मोटरसाइकल पल्टिंदा गम्भीर घाइते भएका राईको उ...
केएमसीमा अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप

केएमसीमा अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप

काठमाडौं। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ । बिरामीहरूको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको केएमसीले जनाएको छ । ब्रेन ट्युमर र नसाको शल्यक्रियालाई प्रभावकारी बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो अत्याधुनिक माइक्रोस्कोप नेपालमा पहिलो ...
विराटनगरमा कारागारमै कैदीबन्दीको मृत्यु

विराटनगरमा कारागारमै कैदीबन्दीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा आज एक कैदीबन्दीको मृत्यु भएको छ । पुर्पक्षका लागि थुनामा रहेका मोरङको पथरीशनिश्चरे नगरपालिका–३ का ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको हो । बिहान कारागारभित्रै रहेका बेला उनी बेहोस भएर ढलेका थिए । उपचारका लागि कोशी अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । डीएसपी दाहालका अनुसार उनमा मुटुरोग र रक्तचापक...
बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीको सेवा अब केएमसीमा

बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीको सेवा अब केएमसीमा

काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले अब काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा दिने भएका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका प्रसिद्ध डा.सायमी केएमसीमा आवद्ध भएका हुन् । प्रा.डा.सायमी केएमसीमा आवद्ध भएकाले उनले साउन १ गतेदेखि उपचार सेवा सुरु गर्ने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् । उपचार सेवालाई थप स्तरीय बनाउँदै ...
कोशी प्रदेश सरकारलाई सर्वोच्चको आदेश: दीर्घकालीन असर पर्ने निर्णय नगर्नु

कोशी प्रदेश सरकारलाई सर्वोच्चको आदेश: दीर्घकालीन असर पर्ने निर्णय नगर्नु

काठमाडौं । दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई आदेश दिएको छ । असंवैधानिक तवरले प्रदेश सरकार गठन गरिएकाले त्यसलाई खारेज गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अदालतमा दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो अन्तरिम आदेश दिएको हो । मुख्यमन्त्री उद्धव थापा नियुक्त हुने क्रममा प्रयोग भएका कागजातहरू साउन ३ गतेभित्र...
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै अन्त्येष्टि गरिने

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, आजै अन्त्येष्टि गरिने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा उनको निधन भएको हो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्‌यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिए...
धनकुटामा जंगली जनावरले टोक्दा नौ जना घाइते

धनकुटामा जंगली जनावरले टोक्दा नौ जना घाइते

धनकुटा । धनकुटामा आज साँझ ब्वाँसो जस्तो देखिने जंगली जनावरको टोकाइबाट नौ जना घाइते भएका छन् । धनकुटा नगरपालिका–७ का छ जना र धनकुटा–५ का तीन जनालाई सो जनावरले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धनकुटाको पाङसिङ टोल, सितलपाटी, बालमन्दिर लगायत क्षेत्रका मानिसहरूलाई आक्रमण गरेर सो जनावरले आतंक मच्चाएको हो । धनकुटा–५ का ५२ वर्षीय प्रेम बहादुर याख्खा, सर्मिला लिम्बू र ९ वर्षीया प्रस्ना स...
चट्याङका कारण पाँच वर्षमा ४१९ जनाको मृत्यु

चट्याङका कारण पाँच वर्षमा ४१९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो पाँच वर्षमा चट्याङका कारण ४१९ जनाले ज्यान गुमाएका छन् भने रु ६ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिइएको छ । प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा १०८ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२...
धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षरोपण अभियान, हरेक हप्ता बिरुवा रोपिने

धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि थालियो वृक्षरोपण अभियान, हरेक हप्ता बिरुवा रोपिने

धनकुटा । धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको छ । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो । मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको धनकुटा नगरपालिकाका प्रमुख एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङ...
कोशी प्रदेशमा थपिए तीन मन्त्री

कोशी प्रदेशमा थपिए तीन मन्त्री

विराटनगर । कोशी प्रदेश सरकारमा तीन मन्त्री थपिएका छन् । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले माओवादीबाट दुई र कांग्रेसबाट एक जना मन्त्री थप्दै आज मन्त्रिमण्डल विस्तार गरेका हुन् । माओवादीको कोटाबाट मन्त्री बनेका जीवन आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँसमेत रहेका आचार्य यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि मन्त्...
हेटौंडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

हेटौंडामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

मकवानपुर । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मकवानपुरको हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । हेटौंडास्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरेर केएमसीले दुई दिने शिविर आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले शिविर उद्घाटन गरेकी छन् । शिविर उद्घाटन गर्दै मेयर लामाले गरिब तथा विपन्न बिरामीलाई शिविरले निकै फाइदा पुर्याउने विश्वास व्य...
तस्वीरमा धनकुटा बजार

तस्वीरमा धनकुटा बजार

छथरजोरपाटी-३ स्थित पिङ्गडाँडाबाट देखिएको धनकुटा बजार । तस्वीर: कविन्द्र भण्डारी/संगालोखबर
विराटनगरमा महिलालाई आत्मरक्षा तालिम

विराटनगरमा महिलालाई आत्मरक्षा तालिम

विराटनगर । महिलाहरूलाई आफ्नो रक्षा आफै गर्न सक्ने बनाउँन विराटनगरमा ‘सेल्फ डिफेन्स’ तालिम प्रदान गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले महिलाहरूका लागि दुई दिने आत्मरक्षा तालिम प्रदान गरेको हो । घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा लगायतको पहिचान गरी कसरी आफूलाई बचाउ गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । आफू हिंसामा परे कसरी आफ्नो आत्...
बक्सिङमा पदक जित्नेलाई धनकुटामा सम्मान

बक्सिङमा पदक जित्नेलाई धनकुटामा सम्मान

धनकुटा । उदयपुरमा हालै सम्पन्न कोशी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा पदक विजेतालाई धनकुटामा सम्मान गरिएको छ । जिल्ला बक्सिङ संघ धनकुटाले पदक विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । स्वर्ण पदक विजेता शर्मिला आले मगर, रजत पदक विजेता हाङसवा लिम्बू तथा कास्य पदक विजेता सञ्जय आले र नेगिन्द्र थापा मगरलाई सम्मान गरिएको जिल्ला बक्सिङ संघका सचिव कुमार बस्नेतले जानकारी दिए । बक्सिङका प्रशिक्षक ...
कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ, तीन सदस्यीय मन्त्रिपरिषद गठन

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ, तीन सदस्यीय मन्त्रिपरिषद गठन

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । उ...
इलाममा श्रीमती मारेर श्रीमान रुखमा झुन्डिए

इलाममा श्रीमती मारेर श्रीमान रुखमा झुन्डिए

इलाम । इलामको माइजोगमाई–२ का एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले गएराती ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि पिताम्बरले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । राती करिब १०ः३० बजे चिच्याएको आवाज आएपछि छिमेकीहरू खतिवडाको घर पुगेका थिए । घरभित्र चुकुल लगाएको अवस्थामा राधिका लडिरहेको देखेपछि छिमेकीले प्रहरीला...
उद्धव थापा बने कोशी प्रदेशको मुख्यमन्त्री

उद्धव थापा बने कोशी प्रदेशको मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्रीको दावी प्रस्तुत गर्न प्रदेश प्रमुख खापुङले आज साँझ ५ बजेसम्मको समय दिएका थिए । सोही बमो...
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ देखि २९ गतेसम्म देशभर सञ्चालन भएको एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागि भएका थिए । यसरी हेर्नुहोस् नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट नतिजा हेर्न सकिनेछ । एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्नुपर्नेछ । त्यस्तै, प...
तमोर नदीमा खस्दा दुई जना बेपत्ता

तमोर नदीमा खस्दा दुई जना बेपत्ता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ मुर्कुटेस्थित तमोर नदीमा खसेर दुई जना बेपत्ता भएका छन् । तमोर करिडोर सडक निर्माणका क्रममा बुधबार साँझ करिब ५ बजे नदीमा खस्दा मकवानपुरको मनोहरीका ३२ बर्षीय राज तामाङ र १८ बर्षीय डुवा मोक्तान बेपत्ता भएका हुन् । धनकुटाको मुलघाट र पाँचथर जोड्ने तमोर करिडोर सडक निर्माणको काम भइरहेको छ । उनीहरु सोही सडकमा काम गर्दै आएका थिए । सडक निर्माणको काम गरिरहेका बेला चिप्...
बसपार्कमा दुर्घटना (तस्वीर)

बसपार्कमा दुर्घटना (तस्वीर)

धनकुटा बसपार्कमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । आज दिउँसो करिब १२ बजे को १ च ७१६० नम्बरको बोलेरोले को २५ प ६९१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा क्षति पुगेपनि मानवीय क्षति भएको छैन । तस्वीर: सौगात दाहाल
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेकाले साँझसम्म नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ । बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ । अहिले नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्ने लगायत प्राविधिक काम भइरहेको ...
इटहरीमा टिपरको ठक्करबाट घाइते छोरीको पनि मृत्यु

इटहरीमा टिपरको ठक्करबाट घाइते छोरीको पनि मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा स्कुटरलाई टिपरले ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको छ । धरानबाट पूर्वतर्फ जाँदै गरेको ना १ ख ९१०७ नम्बरको टिपरले मंगलबार अपरान्ह करिब ४ बजे को १४ प ५२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट स्कुटरमा सवार इटहरी–८ की ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । सरिताकी छोरी २२ वर्षीया अनुष्का गम्भीर घाइते भएकी थिइन् । विराटनगरस्थित न्युरो अस्पतालमा उपचारक...
सदस्यता शुद्धिकरणमा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारीको चेतावनी

सदस्यता शुद्धिकरणमा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारीको चेतावनी

विराटनगर । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका क्रममा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारी नेपाल कोशी प्रदेशले पत्रकार महासंघलाई ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धिकरणका क्रममा जिल्ला शाखाहरूबाट विभेदपूर्ण निर्णय गरिएको गुनासो आएपछि प्रेस चौतारीले पत्रकार महासंघ कोशी प्रदेश कमिटीलाई विभेदपूर्ण निर्णय सच्याउन र हेलचेक्र्याइँ नगर्न ध्यानाकर्षण गराएको हो । प्रेस चौतारीका प्रदेश अध्यक्...
२७ दिनको शिशुको जटिल शल्यक्रिया

२७ दिनको शिशुको जटिल शल्यक्रिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार शाहले जानकारी दिए । ...
error: Content is protected !!