संगालोखबर

भोजपुर । इखुवा खोलामा आएको बाढीले बगाएर साल्पा सिलिचो गाउँपालिका–४ मा दुईजना कामदार बेपत्ता भएका छन् । बाढीले इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुईजना कामदार बेपत्ता भएका हुन् ।

Advertisement

प्रहरीका अनुसार सुतिरहेको अवस्थामा मध्य रातितिर आएको बाढीले तीनजनालाई बगाएको थियो । एकजना भने पौडिएर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

बाढीले बगाएर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का श्यामकुमार थारु र रमेश थारु बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार उक्त स्थानमा ८४ जना कामदार बस्दै आएका थिए । पौडिएर निस्किएका बर्दियाकै २५ वर्षीय रामकिसन थारु घाइते भएका छन् । उनको कुलुङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अन्य कामदार भने बाढी आएको थाहा पाएपछि सुरक्षित स्थानतिर लागेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

इलाका प्रहरी कार्यालय दिङ्ला, चौकीडाँडास्थित प्रहरी चौकी र सशस्त्र प्रहरीको चौकीडाँडा बेसक्याम्पबाट टोलीहरु घटनास्थल पुगेको जनाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!