जुनु घिमिरेको ‘पसिनाको घर’ लोकार्पण

जुनु घिमिरेको ‘पसिनाको घर’ लोकार्पण

धनकुटा । कवि जुनु घिमिरेको कविता कृति पसिनाको घर धनकुटामा लोकार्पण गरिएको छ । सल्लेरी साहित्य संगमको आयोजना र ज्येष्ठ नागरिक संघ धनकुटा नगरपालिका ७ समितिको संयोजनमा कृति लोकार्पण कार्यक्रम गरिएको हो । अग्रज साहित्यकार टिकाप्रसाद लामिछाने, साहित्यकार डा. यज्ञप्रसाद गुरागाईँ, शिक्षाविद् दामोदर दाहाल, सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारी, गर्गाचार्य विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्य...
सहिदभूमि वडा नं.१ र ५ ले जित्यो अध्यक्ष कप भलिबलको उपाधि

सहिदभूमि वडा नं.१ र ५ ले जित्यो अध्यक्ष कप भलिबलको उपाधि

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा सञ्चालित अध्यक्ष कप महिला/पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं.१ र वडा नं.५ ले जितेको छ । महिला भलिबल तर्फको उपाधि वडा नं.५ र पुरुष भलिबल तर्फको उपाधि वडा नं.१ ले जितेको हो । फाइनल खेलमा वडा नं.१ लाई पराजित गर्दै वडा नं.५ ले महिला भलिबलको उपाधि उचाल्यो । यता, पुरुष तर्फ वडा नं.३ लाई हराउँदै वडा नं.१ ले जित हासिल गरेको हो । उपाधि विजेता दुवै टिमले ४५ हजा...
हेवा खोलाले बगाएको १३ दिनपछि अरुण नदीमा भेटियो शव

हेवा खोलाले बगाएको १३ दिनपछि अरुण नदीमा भेटियो शव

संखुवासभा । संखुवासभाको हेवा खोलाले बगाएर बेपत्ता भएका एक जनाको शव आज अरुण नदीमा भेटिएको छ । चैनपुर नगरपालिका–१० दुम्कट्टास्थित अरुण नदी किनारमा बर्दियाका ४१ वर्षीय कालीराम थारुको शव भेटिएको प्रहरीले जनाएको छ । गत असार २ गते हेवा खोलामा आएको बाढीले निर्माणाधीन सुपरहेवा हाइड्रोपावरमा कार्यरत थारुसहित १७ जनालाई बगाएको थियो । खोलाले बगाएको १३ दिनपछि थारूको शव फेला परेको हो । स्थानीयबासीले नदी किना...
विराटनगरमा पञ्चेबाजासहित धान रोपाइँ

विराटनगरमा पञ्चेबाजासहित धान रोपाइँ

विराटनगर । २० औं राष्ट्रिय धान दिवसको अवसरमा आज विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ गरिएको छ । विराटनगर महानगरपालिकाले पञ्चेबाजासहित उल्लासमय रुपमा धान रोपाइँ कार्यक्रम आयोजना गरेको हो । रोपाइँमा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, वडाध्यक्षहरुसहित विभिन्न राजनीतिक दलका स्थानीय नेता, समाजसेवी, टोल सङ्गठनमा आबद्ध व्यक्ति, कृषक लगायत सहभागि थिए । रोपाइँमा नाचगान गर्द...
एक मत अपुग हुँदा कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार

एक मत अपुग हुँदा कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मतका लागि राखेको प्रस्ताव एक मत अपुग भएर अस्वीकृत भएको हो । विश्वासको मत सम्बन्धी प्रस्तावमा एमालेका ४० र राप्रपाका ६ जना गरी ४६ सांसदले समर्थन गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ४३ जना सांसदले विपक्षमा मतदान गरे । ९३ सांसद रहेक...
सहिदभूमिका दलित विद्यार्थीलाई छात्रवृत्ति

सहिदभूमिका दलित विद्यार्थीलाई छात्रवृत्ति

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । स्नातक तह वा सो भन्दा माथि अध्ययनरत नौ जना दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । एमएड पढ्दै गरेका सहिदभूमि–४ का विपिन विश्वकर्मालाई ११ हजार प्रदान गरिएको छ । स्नातक तहमा अध्ययनरत सहिदभूमि–२ का सुशीला विश्वकर्मा, सहिदभूमि–१ की सिमा बिक, सम्झना परियार, डानसर बिक, विनिता बिक, शुस्मा मंग्रात...
सहिदभूमिको बजेट ४५ करोड

सहिदभूमिको बजेट ४५ करोड

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४५ करोड ६९ लाख ३५ हजार ६ सय २७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो । आइतबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राईले बजेट प्रस्तुत गरिन् । बजेट प्रस्तुत गर्दै उपाध्यक्ष राईले चालु तर्फ ३१ करोड २ लाख ४८ हजार २ सय रुपैयाँ र पूँजीगत तर्फ १...
धनकुटामा इन्जिनियरलाई तमोर नदीले बगायो

धनकुटामा इन्जिनियरलाई तमोर नदीले बगायो

धनकुटा । धनकुटामा मोटरेबल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा आज दिउँसो एक जना इन्जिनियरलाई तमोर नदीले बगाएको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भएका इन्जिनियर २३ वर्षीय सिद्धार्थ कुमार खत्रीलाई साँगुरीगढी गाउँपालिका–९ स्थित दिलुङटारबाट तमोर नदीले बगाएको हो । सहिदभूमि गाउँपालिका–१ सफाइ र साँगुरीगढीको दिलुङटारस्थित तमोर नदीमाथि मोटरेबल पुल निर्माणको तयारी छ । सोही पुल निर्माणका ...
धनकुटाको स्कुलडाँडाका तामाङ सडकको नालीमा मृत भेटिए

धनकुटाको स्कुलडाँडाका तामाङ सडकको नालीमा मृत भेटिए

धनकुटा । धनकुटा नगरपालिका–६ स्कुलडाँडाका धनबहादुर तामाङ आज बिहान मृत फेला परेका छन् । पानी ट्याङ्की नजिक घर भएका ४८ वर्षीय तामाङ स्कुलडाँडास्थित सडकको नालीमा मृत फेला परेका हुन् । बिहान ‘मर्निङ वाक’ का क्रममा स्थानीयबासीले तामाङलाई मृत अवस्थामा भेटेको टोलबस्ती सङ्गठनका अध्यक्ष धनबहादुर खड्काले जानकारी दिए । उनका अनुसार डिलबाट नलीमा खसेको जस्तो अवस्थामा उनको शव भेटिएको छ । नालीमा घोप्टो परेको अ...
दुर्घटनामा घाइते प्रिस्किलाको मृत्यु, घटनाको गहन छानविन गर्न आफन्तको माग

दुर्घटनामा घाइते प्रिस्किलाको मृत्यु, घटनाको गहन छानविन गर्न आफन्तको माग

धनकुटा । धनकुटा नगरपालिका–९ खुरिलामा भारतीय टाटासुमो गाडी दुर्घटनामा परी घाइते भएकी धनकुटा नगरपालिका–४ स्कुलडाँडाकी प्रिस्किला तामाङको उपचारका क्रममा मृत्यु भएको छ । एक सय किलो भन्दा बढी गाँजा बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको बीआर १० एच ४९१० नम्बरको भारतीय गाडी गत जेठ २६ गते बिहान खुरिलामा पल्टिएको थियो । सोही गाडीमा सवार १९ वर्षीया प्रिस्किलासहित तीन जना दुर्घटनामा घाइते भएका थिए । टाउकोम...
ध्वजे डाँडामा राखियो २२ देशको झण्डा

ध्वजे डाँडामा राखियो २२ देशको झण्डा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा २२ देशको झण्डा राखिएको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सोमबार नेपालसहित २२ देशको राष्ट्रिय झण्डा फहराइएको हो । झण्डा राखेपछि ध्वजे डाँडा थप आकर्षक देखिएको छ । नेपाल पर्यटन बोर्डको ५ लाख, साँगुरीगढी गाउँपालिकाको १ लाख २५ हजार र जनसहभागिताको ३५ हजार गरी कुल ६ लाख ६० हजारको लागतमा झण्डा राखिएको वडाध्यक्ष खड्गबहादुर लिम्बुले बत...
जारको पानीमा मरेको किरा र भातको सिता

जारको पानीमा मरेको किरा र भातको सिता

धनकुटा । धनकुटामा जारको पानीमा किरा र भातको सिता फेला परेको छ । सुनसरीको इटहरी–१० स्थित हिमधारा कम्पनीले उत्पादन गरेको उपहार नामक जारको पानीको ‘सिलप्याक’ भाँडोभित्र पखेटासहितको मरेको किरा र भातको सात वटा सिता फेला परेको हो । धनकुटाको हुलाकटोलस्थित सनोज किराना पसलबाट खरिद गरेर कर्मचारी सञ्चयकोषको सेवा केन्द्रमा लगिएको जारको पानीमा अखाद्य बस्तु फेला परेको हो । सञ्चयकोषका कर्मचारीले आइतबार चार वटा...
सांसद सुनिल शर्माद्वारा ओशो आश्रमलाई ५० लाख सहयोग

सांसद सुनिल शर्माद्वारा ओशो आश्रमलाई ५० लाख सहयोग

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले काठमाडौंको रानीबारीस्थित ओशो आश्रमलाई ५० लाख आर्थिक सहयोग गरेका छन् । आश्रममा ध्यान गर्ने हल निर्माणका लागि सांसद शर्माले व्यक्तिगत रुपमा ठूलो धनराशी सहयोग गरेका हुन् । सांसद शर्मा सोही आश्रममा नौ दिन लामो ध्यान गरेर ओशो सन्यासी बनेका छन् । सोही क्रममा उनले आश्रमलाई सहयोग प्रदान गरेका हुन् । सामाजिक काममा सक्रिय डा.शर्माले यसअघि पनि बिभिन्न क्षेत्...
सांसद सुनिल शर्मा बने ओशो सन्यासी

सांसद सुनिल शर्मा बने ओशो सन्यासी

काठमाडौं। प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका हुन् । बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन् । सन्यासका क्रममा दिइएको नामबाटै सन्...
संखुवासभामा बाढीको वितण्डाः एक जनाको मृत्यु, १८ जना बेपत्ता

संखुवासभामा बाढीको वितण्डाः एक जनाको मृत्यु, १८ जना बेपत्ता

संखुवासभा । बर्षासँगै आएको बाढीले बगाउँदा संखुवासभामा एक जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् भने तीन जना घाइते छन् । भौतिक क्षतिको विवरण संकलन भइरहेको छ । हेँवा खोलामा आएको बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन बाँकी छ । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा पहिरोले खोला थुनिएर आएको बाढीले वितण्डा मच्चाएको हो । चैनप...
धनकुटामा रोजगार मेला: बेरोजगार र रोजगारदाताको एकैठाउँमा जमघट (फोटो फिचरसहित)

धनकुटामा रोजगार मेला: बेरोजगार र रोजगारदाताको एकैठाउँमा जमघट (फोटो फिचरसहित)

धनकुटा । धनकुटामा शनिवार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउँन सहजिकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले एक दिने मेला आयोजना गरेको हो । कोशी प्रदेश सभा सदस्य निरन राईले मेला उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्दै प्रदेश सभा सदस्य राईले बेरोजगार जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याएर आयोजना गरिएको रोजगार मेला निकै फलदायी ...
प्रेस युनियन धनकुटाको अध्यक्षमा घिमिरे निर्वाचित

प्रेस युनियन धनकुटाको अध्यक्षमा घिमिरे निर्वाचित

धनकुटा । नेपाल प्रेस युनियन धनकुटाको अध्यक्षमा विनोद घिमिरे निर्वाचित भएका छन् । युनियनको आज सम्पन्न अधिवेशनले घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा हरीबहादुर लम्जेल र आकृति राई, सचिवमा शर्मिला राई, सहसचिवमा मिन्मा शेर्पा र कोषाध्यक्षमा शारदा सन्तोषी राई चयन भएका छन् । त्यस्तैगरी सदस्यहरुमा सुनिता राई, सुनिल विश्वकर्मा, चाँदनी राई, मुलुकमा...
धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोत केन्द्र हस्तान्तरण

धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोत केन्द्र हस्तान्तरण

धनकुटा । धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले बिहीबार कार्यक्रम गरेर धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो । सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि समृद्धि आयोजनाले केही बर्षयता...
कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड (पूर्ण पाठसहित)

कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड (पूर्ण पाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । पूँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालुतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ बजेट व...
धनकुटामा रोजगार मेला हुने

धनकुटामा रोजगार मेला हुने

धनकुटा । धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ । धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिवार मेला आयोजना गर्न लागेको हो । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर मेला सञ्चालनको तयारी भइरहेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख चिन्तन तामाङले बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी/कामदार उपलब्ध गराउँन सहजिकरण गर्ने उद्देश्यले मेला गर्न लागिएको जानकारी दिए ।...
धनकुटामा विवाह मण्डपबाटै बेहुला बेहुली पक्राउ

धनकुटामा विवाह मण्डपबाटै बेहुला बेहुली पक्राउ

धनकुटा । धनकुटामा आज विवाह मण्डपबाटै बेहुला-बेहुली पक्राउ परेका छन् । बालविवाह गर्दै गरेको जानकारी पाएपछि प्रहरीले धनकुटा नगरपालिका–४ देव्रेवासबाट दुलहा नरेश मग्रान्ती र दुलही सफला खड्कालाई पक्राउ गरेको हो । बालविवाह हुँदै गरेको सूचना पाएर पुगेको प्रहरी टोलीले उनीहरूलाई मण्डपबाटै पक्राउ गरेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले संगालोखबरलाई जानकारी दिए । ‘उमेर नपुगी बालविवाह हुँदै ...
अमेरिका बस्दै आएका थापाद्वारा गाउँका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

अमेरिका बस्दै आएका थापाद्वारा गाउँका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–७ स्थित थाक्ले पुर्खौली घर भई हाल अमेरिका बस्दै आएका डा.जंगबहादुर थापाले स्थानीय सहिद यज्ञ प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । विद्यालयमै पुगेर थापाले १ देखि ५ कक्षासम्मका ५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् । डा.थापासहित उनकी धर्मपत्नी मिरा, छोरी अञ्जना र नाति कृष्णले विद्यार्थीहरूलाई झोला, कपी, पेन...
व्यक्तिगत लगानीमा गाउँमा सालिक (तस्वीर) 

व्यक्तिगत लगानीमा गाउँमा सालिक (तस्वीर) 

धनकुटाको पाख्रिबास नगरपालिका-७ स्थित थाक्लेमा निर्माण गरिएका सालिकहरू । थाक्ले घर भई हाल अमेरिका बस्दै आएका डा.जंगबहादुर थापाले गाउँमा पर्यटक आकर्षण गर्न व्यक्तिगत लगानीमा सालिक निर्माण गरेका हुन् । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर
गठबन्धनका कारण देशमा अराजकता मौलायो: नेता ज्ञवाली

गठबन्धनका कारण देशमा अराजकता मौलायो: नेता ज्ञवाली

धनकुटा । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन् । नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् । एमाले नेतृत्वमा बनेको देशभक्त र जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा फैलाएको नेता ज्ञवालीले बताए । संसदबाट न...
युवा नेता विकास घिमिरेले पाए कांग्रेस धनकुटा सचिवको जिम्मेवारी

युवा नेता विकास घिमिरेले पाए कांग्रेस धनकुटा सचिवको जिम्मेवारी

धनकुटा । नेपाली कांग्रेस धनकुटाले युवा नेता विकास घिमिरेलाई जिल्ला सचिवको जिम्मेवारी प्रदान गरेको छ । जनता समाजवादी पार्टीको जिल्ला उपाध्यक्ष पद छोडेर कांग्रेसमा आएका नेता घिमिरेलाई कांग्रेस जिल्ला सचिवको जिम्मेवारी दिइएको हो । घिमिरेसँगै जसपाको सचिव पद छोडेर आएका श्रीराम रायमाझीलाई कांग्रेसले सह–सचिव बनाएको छ भने जसपाको धनकुटा नगर अध्यक्ष पदत्याग गरेर आएका दिलकुमार राईलाई नगरको उपसभापति पद दिइ...
धनकुटामा गाँजा बोकेको भारतीय गाडी दुर्घटना, तीन जना घाइते

धनकुटामा गाँजा बोकेको भारतीय गाडी दुर्घटना, तीन जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–९ खुरिलामा गाँजा बोकेको भारतीय नम्बर प्लेटको टाटासुमो गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धनकुटाबाट धरानतर्फ जाँदै गरेको बीआर १० एच ४९१० नम्बरको भारतीय गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी धनकुटा नगरपालिका–४ स्कुलडाँडाकी १९ वर्षीया प्रिस्किला तामाङ, मोरङको जहदा गाउँपालिका–३ का २३ वर्षीय अजय मलाहा र जहदा–४ का २४ वर्षीय सुरेश मुखिया घाइते भएको धनकुटाका प्रहरी ...
डाक्टर उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिन्छ: सांसद शर्मा

डाक्टर उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिन्छ: सांसद शर्मा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले डाक्टर उत्पादन बढाएर विश्व बजारमा पठाउँन सके छिटै मुलुकलाई समृद्ध बनाउँन सकिने धारणा राखेका हुन् । क्यूवा र बङ्गलादेशले डाक्टर उत्पादन गरेर विश्व बजारमा पठाई वार्षिक खर्बौं पैसा देशमा भित्र्य...
सत्ताको खेलले कांग्रेस बदनाम बन्दैछ, अब सुध्रनुपर्छ: गगन थापा

सत्ताको खेलले कांग्रेस बदनाम बन्दैछ, अब सुध्रनुपर्छ: गगन थापा

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ताको खेलका कारण कांग्रेस बदनाम बन्दै गएको बताएका छन् । धनकुटा आज नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता प्राप्तिका लागि जे पनि गर्न तयार हुने परिपाटी हावी हुँदै गएका कारण कांग्रेस बदनाम बन्दै गएको बताएका हुन् । सत्तामा पुग्न जनभावना विपरीतको काम गर्न नहुने भन्दै उनले सत्तालाई भन्दा जनत...
सिधुवाका होटलमा छड्के अनुगमन

सिधुवाका होटलमा छड्के अनुगमन

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारका होटलमा मंगलबार छड्के अनुगमन गरिएको छ । सिधुवा बजारका ११ होटल र एउटा डोनट उद्योगमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा होटलमा म्याद गुज्रिएका पेय पदार्थ र खाद्य वस्तु फेला परेका छन् । अनुगमन टोलीले म्याद गुज्रिएका वस्तुहरू नष्ट गरेको छ । केही होटलमा राम्रो सरसफाइ नभएको देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको छ । त्यस्तै मुल्य सूची, ...
धनकुटामा शिक्षकको फुटबल प्रतियोगिता हुने

धनकुटामा शिक्षकको फुटबल प्रतियोगिता हुने

धनकुटा । धनकुटामा विद्यालय स्तरीय शिक्षक फुटबल प्रतियोगिता हुने भएको छ । धनकुटा–७ स्थित नव जागृति युवा क्लबले यही जेठ २५ देखि २८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने भएको हो । सो क्लबले आज धनकुटामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विषयमा जानकारी दिएको हो । प्रतियोगितामा धनकुटा नगरपालिकाका ९ विद्यालय तथा पाख्रीवास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका एक/एक विद्यालयका गरी ११ टिम सहभागि हुने प्रचार...
विपद् व्यवस्थापनका लागि तमोरमा पूर्वअभ्यास

विपद् व्यवस्थापनका लागि तमोरमा पूर्वअभ्यास

धनकुटा । विपद् व्यवस्थापनका लागि नेपाली सेनाले धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा पूर्वअभ्यास गरेको छ । बर्खायाममा हुने बाढी, पहिरो, कटान जस्ता विपद्का घटना व्यवस्थापनका लागि सेनाको भीमदल गण धनकुटाले पूर्वअभ्यास गरेको हो । मनसुनका बेला हुने प्राकृतिक विपत्तिका घटनामा प्रभावितहरूलाई तत्काल उद्धार गरी सहयोग पुर्याउने उद्देश्यले पूर्वअभ्यास गरिएको भीमदल गणका सह-सेनानी दिपेश बुढाथोकीले जानकारी दिए...
error: Content is protected !!