भोजपुरमा बाढीले बगाएर जलविद्युत आयोजनाका दुईजना कामदार बेपत्ता

भोजपुरमा बाढीले बगाएर जलविद्युत आयोजनाका दुईजना कामदार बेपत्ता

भोजपुर । इखुवा खोलामा आएको बाढीले बगाएर साल्पा सिलिचो गाउँपालिका–४ मा दुईजना कामदार बेपत्ता भएका छन् । बाढीले इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुईजना कामदार बेपत्ता भएका हुन् । प्रहरीका अनुसार सुतिरहेको अवस्थामा मध्य रातितिर आएको बाढीले तीनजनालाई बगाएको थियो । एकजना भने पौडिएर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । बाढीले बगाएर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का श्यामकुमार थारु र रमेश थारु ब...
मोरङको उर्लाबारीमा छुरा प्रहार गरी युवकको हत्या

मोरङको उर्लाबारीमा छुरा प्रहार गरी युवकको हत्या

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्या भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि गम्भीर घाइते भएका दाहाललाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएका उनको गएराति मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतक...
२०८१ साउन १६ गते बुधबार/आजको राशिफल

२०८१ साउन १६ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ साउन १६ गते बुधबार ई.सं.२०२४ जुलाई ३१ नेपाल सम्वत् ११४४ दिल्लागा एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण एकादशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, ध्रुव योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२६ बजे, सूर्यास्त साँझ ०६ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर  ...
कानुन कार्यान्वयनमा समस्या देखियोः मन्त्री राई

कानुन कार्यान्वयनमा समस्या देखियोः मन्त्री राई

विराटनगर । कोशी प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सिर्जना राईले बनेका कानुन कार्यान्वयनमा विभिन्न समस्या देखिएको बताएकी छन् । लैङ्गिक हिंसा पीडितको न्यायमा पहुँच अभिवृद्धिः नीति समीक्षा तथा सुझावहरू सम्बन्धी विराटनगरमा भएको अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएकी हुन् । उनले पछिल्लो समय महिलाहरूले कानुनको दुरुपयोग गरेको अनुभव हुने गरेको उल्लेख गरिन् । उनले पछिल्लो समय पुरुष हिंसा बढेको भन्दै उ...
विराटनगरको श्री हस्पिटलले बिरामीलाई डिस्चार्ज दियो, घर जान दिएन

विराटनगरको श्री हस्पिटलले बिरामीलाई डिस्चार्ज दियो, घर जान दिएन

विराटनगर । विराटनगरको श्री हस्पिटलमा बिरामीलाई बन्धक बनाएको छ भन्ने जानकारी आयो । जानकारी पाएपछि हस्पिटल गएर बुझ्दा एक युवा डिस्चार्ज भएको ८ दिन भइसक्दा पनि अस्पतालको बेडमै थिए । उनी रहेछन्, मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३१ वर्षीय रञ्जित टुडु । उनी डिस्चार्ज भएको ८ दिन भइसक्दा पनि हस्पिटलमै छन् । विराटनगरको हस्पिटल चोकस्थित श्री हस्पिटलको जेनेरल वार्डको बेड नम्बर ४ मा रहेका उनी कहिले घर...
बालिकालाई यौन दुर्व्यवहार गर्ने विद्यालयका सुरक्षा गार्ड पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गर्ने विद्यालयका सुरक्षा गार्ड पक्राउ

झापा । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका सुरक्षा गार्ड पक्राउ परेका छन् । प्रहरीका अनुसार ७० वर्षीय सुरक्षा गार्ड तेजबहादुर पाण्डे उक्त अभियोगमा पक्राउ परेका हुन् । बिर्तामोड नगरपालिका–४ निवासी पाण्डे पूर्वप्रहरी हुन् । पछिल्लो समय उनी उक्त विद्यालयमा सुरक्षा गार्डको काम गर्दै आएका थिए । कराते खेल सिक्न विद्यालय पुगेकी ९ वर्षीया बालिकालाई उन...
नेपाली पौडीबाज शाहले बनाए पेरिस ओलम्पिकमा कीर्तिमान

नेपाली पौडीबाज शाहले बनाए पेरिस ओलम्पिकमा कीर्तिमान

विराटनगर । नेपाली पौडीबाज एलेक्स शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । केही बेरअघि सम्पन्न पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दूरी पार गरेका थिए । यसअघि उनकै नाममा ५२ः१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उक्त इभेन्टमा ८९ पौडीबाजले हिट चरणमा प्रतिस्पर्धा गरेका थिए । एलेक्स हिट नम्बर ३ मा थिए । हिटमा उनी तेस...
बुबाको काजकिरिया कर्ममा बसेका छोराको मृत्यु

बुबाको काजकिरिया कर्ममा बसेका छोराको मृत्यु

झापा । आफ्ना दिवङ्गत बुबाको शोकमा रहेका झापाको शिवसताक्षीका एक व्यक्तिको काजकिरिया कर्ममा बसेका बेला मृत्यु भएको छ । उनको मृत्युपछि परिवारमा दोहोरो शोक थपिएको छ । शिवसताक्षी नगरपालिका–११ का ४५ वर्षीय गणेश घिमिरेको यस्तो अवस्थामा मृत्यु भएको हो । बुबाको १३ दिने कर्मका लागि बसेका उनको आठौँ दिनमा सोमबार बेलुका मृत्यु भएको हो । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका उनका बुबा दिलबहादुर घिमिरेको सा...
लागूऔषधसहित ९ जना पक्राउ

लागूऔषधसहित ९ जना पक्राउ

विराटनगर । मोरङ, सुनसरी र उदयपुरबाट लागूऔषधसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट विभिन्न नामका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ की २७ वर्षीया एलिसा महतो, मोरङको रतुवामाईका २० वर्षीय असिम माझी र मोरङको रङ्गेली घर भई हाल सुन्दरहरैँचा–९ बस्ने १९ वर्षीय अभिषेक दमाइ महतरा पक्राउ परेका हुन् । यसैगरी, सुन्दरहरैँचाकै १८ वर्षीय सुशान्त विश्वकर्...
नेपाली पौडीबाज शाह आज पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

नेपाली पौडीबाज शाह आज पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

विराटनगर । पेरिस ओलम्पिक–२०२४ मा नेपाली पौडीबाज एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । २२ वर्षीय एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । पेरिस डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन् । यस हिटमा एलेक्ससहित ८ प्रतिस्पर्धी छन् भने कूल ८९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । १०० मिटर फ्रिस्टाइलमा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान छ ।  उनले गत फेब्र...
किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुरका युवक पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुरका युवक पक्राउ

झापा । झापाको भद्रपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का २४ वर्षीय जीवन साह छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हिजो अपराह्‍न उनलाई पक्राउ गरेको हो । साहले साहले ती किशोरीलाई अनेक प्रलोभन देखाई भद्रपुर–७ स्थित मौसम होटल एण्ड लजमा लगेर बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ । ...
सांसद शर्मालाई धनकुटेलीको सम्मान

सांसद शर्मालाई धनकुटेलीको सम्मान

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माले स्वास्थ्यसहित विभिन्न क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले उनलाई सम्मान गरेको हो । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई र सम्पर्क समितिका निवर्तमान कोषाध्यक्ष राजेश्वरवहादुर श्रेष्ठले सांसद शर्मालाई खादा, माला ...
पेरिस ओलम्पिकः ब्याडमिन्टनमा आयरल्याण्डका खेलाडीसँग प्रिन्स दाहाल पराजित

पेरिस ओलम्पिकः ब्याडमिन्टनमा आयरल्याण्डका खेलाडीसँग प्रिन्स दाहाल पराजित

विराटनगर । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को खेलमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा आज भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्याण्डका हात गुयेनसँग उनी पराजित भएका हुन् । गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिने...
कोशी सरकारः मन्त्रीका आकांक्षी धेरै भएपछि काङ्ग्रेसले बनायो मापदण्ड

कोशी सरकारः मन्त्रीका आकांक्षी धेरै भएपछि काङ्ग्रेसले बनायो मापदण्ड

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको नेपाली काङ्ग्रेसबाट मन्त्री बन्ने आकांक्षीहरुको सङ्ख्या धेरै भएपछि प्रदेश समितिले टुङ्गो लगाउन सकेको छैन । मन्त्रीहरूको अन्तिम टुंगो प्रदेश समितिसँग परामर्श गरी पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले लगाउने नेताहरूले बताएका छन् । यसका लागि पार्टीको कोशी प्रदेश समितिले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूका लागि मापदण्ड बनाएर त्य...
डा. रूइत र शंकराचार्य पीठलाई नगेन्द्रप्रसाद-आशालता पुरस्कार

डा. रूइत र शंकराचार्य पीठलाई नगेन्द्रप्रसाद-आशालता पुरस्कार

विराटनगर । विराटनगरको नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले एकजना चिकित्सक र एउटा संस्थालाई २०८० सालका दुई पुरस्कार दिने निर्णय गरेको छ । नगेन्द्रप्रसाद–आशालता रिजाल ज्ञानविज्ञान पुरस्कार प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ । यसैगरी, नगेन्द्रप्रसाद–आशालता रिजाल शिक्षा पुरस्कार झापाको शङ्कराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशालालाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको...
क्यानाडा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगेको आरोपमा झापाका युवक पक्राउ

क्यानाडा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगेको आरोपमा झापाका युवक पक्राउ

काठमाडौँ । क्यानाडा पठाइदिने भन्दै सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा झापाका एक युवक पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका–९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार भण्डारीले क्यान...
२०८१ साउन १५ गते मंगलबार/आजको राशिफल 

२०८१ साउन १५ गते मंगलबार/आजको राशिफल 

बि.सं.२०८१ साउन १५ गते मंगलबार ई.सं.२०२४ जुलाई २९ नेपाल सम्बत ११४४ दिल्लागा दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण दशमी, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, वृद्धि योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२६ बजे, सूर्यास्त साँझ ०६ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसुकै दिश...
केन्द्रमा जस्तै आलोपालो गरेर अघि बढ्छौंः मुख्यमन्त्री कार्की

केन्द्रमा जस्तै आलोपालो गरेर अघि बढ्छौंः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा बनेको समीकरण अनुसारै अघि बढ्ने बताएका छन् । पछिल्लोपटक बनेको समीकरणका आधारमा अघि जाने भन्ने कुरा नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच सहमति भएको उनको भनाइ छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । ‘कसरी सहकार्य गर्ने भन्ने सन्दर्भमा चाहिँ राजनीतिक कुराहरू माथ...
बसाइँ सराइले उजाडिएका धनकुटाको कुरुलेका डाँडा कृषि कर्मले हराभरा

बसाइँ सराइले उजाडिएका धनकुटाको कुरुलेका डाँडा कृषि कर्मले हराभरा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुलेस्थित बन्दुके डाँडा क्षेत्र बसाइँ सराइले रित्तिँदै गएको थियो । अवसरको खोजीमा स्थानीय बासिन्दा अन्यत्र जाने क्रम तीव्र बनेको थियो । तर पछिल्लो समय भारतीय मूलका अमेरिकी नागरिक राजीव गोयलले स्थानीयसँग मिलेर ‘तमोर पर्माकल्चर’ सञ्चालनमा ल्याएसँगै उजाडिएको क्षेत्र हराभरा भएको छ । अवसर र सुविधाको खोजीमा उक्त गाउँका बासिन्दा अन्यत्र गएसँगै गाउँ लगभग रित्तो ब...
धनकुटा र तेह्रथुमका कृषकलाई २ करोडभन्दा बढी अनुदान

धनकुटा र तेह्रथुमका कृषकलाई २ करोडभन्दा बढी अनुदान

धनकुटा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले कृषकलाई २ करोड रुपैयाँभन्दा बढीको अनुदान वितरण गरेको छ । धनकुटा र तेह्रथुमका कृषक तथा पशुपक्षी पालक कृषकहरूलाई अनुदान वितरण गरिएको हो । केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा धनकुटा र तेह्रथुमका ९२ वटा पशुपालन सम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई २ करोड ३८ लाख ७० हजार २ सय रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । विभिन्न ५ शीर्षकमा कृषकले ...
उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–९ मा मे ९ प ५५७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका झापाको दमक नगरपालिका–१० का २२ वर्षीय धनराज रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाइकल चालक दमक–१० का २२ वर्षीय रोशन भट्टराई घाइते भएका छन् । उनक...
पोखरामा स्कुल बस दुर्घटनाः आमा र छोराको मृत्यु

पोखरामा स्कुल बस दुर्घटनाः आमा र छोराको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती बिक र उनका ५ वर्षीय छोरा प्रिन्स बिक छन् । गम्भीर घाइते भएका उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । पोखरा–२१ कृस्तीमा उक्त विद्यालयको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा...
पूर्व फुटबलर गम्भीर राईको निधन

पूर्व फुटबलर गम्भीर राईको निधन

झापा । झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढी निवासी पूर्व फुटबलर गम्भीर राईको निधन भएको छ । उनको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा गएराति निधन भएको हो । मधुमेह रोगबाट पीडित राई लामो समयदेखि औषधि सेवन गरिरहेका थिए । २०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए । उनी अन्डर–१६, अन्डर–१९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए । न्यू रोड टिम (एन...
क्यान्सर जितेकाहरूलाई विराटमा परामर्श

क्यान्सर जितेकाहरूलाई विराटमा परामर्श

विराटनगर । क्यान्सर जितेकाहरूलाई विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिम दिइएको छ । इस्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई तालिम दिएको हो । तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले विराटमा क्यान्सरको उपचारका लागि नयाँ प्रविधि हाइपेक सञ्चालनमा आएको बताउँदै यसले तेस्रो, चौथो स्टेजको क्यान्...
२०८१ साउन १४ गते सोमबार/आजको राशिफल

२०८१ साउन १४ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ साउन १४ गते सोमबार ई.सं.२०२४ जुलाई २९ नेपाल सम्वत् ११४४ दिल्लागा नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण नवमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, गण्ड योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२५ बजे, सूर्यास्त साँझ ०६ः५४ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुक...
धनकुटाका दुई युवा ११६ किलो गाँजासहित सुनसरीमा पक्राउ

धनकुटाका दुई युवा ११६ किलो गाँजासहित सुनसरीमा पक्राउ

विराटनगर । सुनसरीको इनरुवाबाट ११६ किलो गाँजासहित दुईजनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । इनरूवा नगरपालिका–९ बबिया चोकबाट आज अपराह्‍न गाँजासहित धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३२ वर्षीय रामकुमार राई र २२ वर्षीय बुद्ध लिम्बूलाई पक्राउ गरिएको हो । गाँजा ओसारिरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीको टोलीले निगरानी गरेको थियो । त्यस क्रममा धनकुटाबाट...
झापामा मोटरसाइकल दुर्घटनाः बुबाको मृत्यु, छोरा घाइते

झापामा मोटरसाइकल दुर्घटनाः बुबाको मृत्यु, छोरा घाइते

झापा । झापाको झापा गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उनका छोरा घाइते भएका छन् । झापा गाउँपालिका–३ फुलगाछी चोकमा प्रदेश १–०१–०१६–१६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक स्थानीय ५४ वर्षीय निजामुदिन मियाँ र पछाडि बसेका उनका छोरा १९ वर्षीय सुलेमान मियाँ घाइते भएका थिए । दुवैलाई उपचारको लागि बिर्तामो...
विराटनगरमा यसरी उचालिँदैछ घर

विराटनगरमा यसरी उचालिँदैछ घर

विराटनगर । बनिसकेको घर एक ठाउँबाट अर्को ठाउँमा सार्न र उचाइ बढाउन सकिन्छ । धेरैलाई यो असम्भव र अचम्म लाग्न सक्छ । प्रविधिको प्रयोगले यो सम्भव देखिएको छ । ‘लिफ्टिङ सिफ्टिङ’ प्रविधि मार्फत जमिनबाट घरको उचाइ बढाउन सहजै सार्न सकिन्छ । छिमेकी देश भारतमा करिब दुई दशकदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउने र सार्ने काम हुँदै आएको छ । नेपालमा पनि केही वर्षदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउ...
पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा ९ महिना कैद सजाय

पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा ९ महिना कैद सजाय

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय  विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० गते गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित उनलाई बिगो र त्यही बर...
भारतलाई हराउँदै श्रीलंकाले जित्यो वुमन एसिया कपको उपाधि

भारतलाई हराउँदै श्रीलंकाले जित्यो वुमन एसिया कपको उपाधि

विराटनगर । हर्षिता मदाभीको उत्कृष्ट प्रदर्शनसँगै श्रीलंकाले वुमन एसिया कपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा श्रीलंकाले सात पटकको च्याम्पियन भारतलाई ८ विकेटले हराएको हो । बलियो भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो । पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर भिश्मी गुणरत्ने मात्र १ रनमा आउट भएकी थिइन्, जतिबेला टिमको स्कोर मात्र ७ रन दियो ...
प्रधानाध्यापक र शिक्षा शाखाको मिलेमतोमा अनियमितताको आशङ्का

प्रधानाध्यापक र शिक्षा शाखाको मिलेमतोमा अनियमितताको आशङ्का

विराटनगर । विराटनगर–१३ रानीस्थित बाल माध्यमिक विद्यालयको चार कोठे भवन निर्माणमा अनियमितता भएको आरोप लागेको छ । विद्यालय व्यवस्थापन समिति तथा निर्माण समितिले आज पत्रकार सम्मेलन गर्दै भवन निर्माणमा अनियमितता भएको आरोप लगाएको हो । ४५ लाख बजेटमा निर्माण भएको भवनको प्रधानाध्यापकले ५१ लाखको बिल देखाएपछि अनियमितता भएको र सोही बिलको फरफारक नहुँदा दोस्रो चरणमा प्लास्टरका लागि आएको ६ लाख भुक्तानी महानगर...
error: Content is protected !!